मनकामना मन्दिर/नेपालवाणी

२०७८ माघ ५ गते, बुधवार, १८ जनवरी २०२२।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यावसायिक काम सम्पादन हुनेछन्। प्रतिस्पर्धामा उत्रिएर पनि प्रतिष्ठा कमाउन सकिनेछ। प्रतिद्वन्द्वीहरूले सम्झौताको ढोका खोल्नेछन्। मंगलवार र बुधवार भने केही व्यवधान देखापर्नेछन्। काम बिग्रने डरले सताउन सक्छ। आफ्नाले धोका दिनेछन्, साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। परिस्थितिअनुसार निर्णय लिने बानीले समस्या सुल्झनेछ। बिहीवारदेखि स्थितिमा सुधार आउला। काममा शुभचिन्तकले साथ दिनेछन्। पहिलेका कमजोरीमा सुधार आउनेछ। सप्ताहान्त विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक रहनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बोलीको प्रभावले विशेष अवसर दिलाउनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन हुनेछ। बीचमा खर्च लागे पनि भौतिक साधन जुटाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि आफन्तहरूको सहयोग प्राप्त हुनाले धेरै काम बन्नेछन्। साताकाे अन्त्यतिर साइनो गाँस्नेहरूबाट सजग रहनुहोला।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलाे भेटघाट हुनेछ। बोली र व्यवहारले धेरैलाई प्राभावित पार्न सकिनेछ। कामको प्रभावले विशेष अवसर दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ र लेखन कलामा पनि निखारता आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन हुनेछ। विभिन्न भौतिक साधन जुटाउन सकिनेछ। सहयाेगीहरूले साथ दिने हुँदा नयाँ कामतर्फ आकर्षित भइनेछ। बुद्धिको उपयोगले सफलता प्राप्त हुनेछ। सप्ताहान्तमा पारिवारिक माहाेल अनुकूल नहुनाले काममा समेत बाधा पर्न सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ काम थाल्न धेरै रकम जाेहाे गर्नुपर्ला। अभिभावकलाई मनाउन केही समय लाग्न सक्छ। मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। नयाँ काममा सम्झौता हुन सक्छ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ भने आँटले काम बनाउन सकिनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन्। भौतिक साधनहरू जुटाउने समय छ। सप्ताहान्तमा निर्णयले वादविवाद निम्त्याउन सक्छ। नयाँ अवसर प्राप्त भए पनि आलाेचकहरूबाट सजग रहनुहाेला।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। मंगलवारदेखि सरसापटमा धन बाहिरिन सक्छ। सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ। तापनि लगानी पछिका लागि फाइदाजनक हुनेछ। आफन्तबाट टाढिनुपरे पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। सप्ताहान्तमा आफन्त र साथीभाइसँग भेटघाट समेत हुनेछ। स्वास्थ्यमा भने मौसमी गडबडीले सताउन सक्छ। काममा आलाेचक तथा अवसरवादीहरूबाट अलि सावधान रहनुहोला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा काम बन्नुका साथै प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नाले सहयाेग नगरे पनि आँटेको काम बन्नेछ र मेहनत गर्दा मनग्य आर्जन हुनेछ। मंगलवार र बुधवार विशेष लाभ हुनेछ। दिगो काम सुरुआत गर्ने अवसर पनि जुट्नेछ। विद्यार्थीका लागि नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। बिहीवारदेखि धन बाहिरिनाले अभाव अनुभूति हुनेछ। तापनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्ने योग छ। खर्चको मात्रा बढ्नेछ भने एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। सप्ताहान्तमा पारिवारिक भेटघाटले मन रमाउनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवराेधका बाबजुद प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। बीचमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा अवसर प्राप्त हुन सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। आम्दानी बढ्नेछ भने परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। सप्ताहान्तमा केही फजुल खर्च गर्नुपर्ने हुन सक्छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। काममा अरूको मुख ताक्नाले पछि परिनेछ। चुनौती देखिए पनि बिस्तारै परिस्थिति अनुकूल बनाउन सकिनेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। सानाे प्रयत्नले उपलब्धि हातलागी हुनेछ। राष्ट्रियता एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा प्राप्त हुनेछ। आफ्नाले आलाेचना गरे पनि सामाजिक कामले लोकप्रियता दिलाउनेछ। सप्ताहान्तमा मनग्य धनलाभ हुनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भ खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट हुनेछ। रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ। धेरै मिहिनेत परे पनि चिताएको काम बन्नेछ। मंगलवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले यसअघि थालेकाे काम स्थगित हुन सक्छ। केही अप्ठ्यारा कामको बोझ थपिनेछ। तापनि पछिका लागि अवसर खोज्ने समय छ। साताको अन्त्यतिर स्थितिमा सुधार आउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्त गर्न सकिनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा प्रतिस्पर्धीहरूले दु:ख दिए पनि संघर्षमा उत्रन सकिनेछ। मिहिनेतले राम्रै अवसर हात पार्न सफल भइनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। साताभरि केही दौडधुप गर्नुपर्ने आवश्यकता पर्न सक्छ। तापनि बुद्धिको उपयोगले चिताएको काम सम्पादन हुनेछ। सप्ताहान्तमा भने अस्वस्थता, झुटा आरोप र चुनौती आइलाग्ने देखिन्छ, शुभचिन्तकहरूको साथ जुटाउने प्रयत्न गर्नुहोला।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउने हुँदा सुरुमा भविष्यको चिन्ताले सताउन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। मंगलवारदेखि यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ। व्यापार र उद्योगमा केही मन्दी आउने देखिन्छ। प्रतिस्पर्धामा उत्रनुपर्दा केही साथीभाइ टाढिएलान्। तापनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। मिहिनेत गर्दा काम बन्नेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुरुमा केही घरेलु समस्या देखिए पनि मिहिनेतले फाइदा दिलाउनेछ। अरूको बहकाउमा परिनाले केही काम भने रोकिन सक्छ। भौतिक साधनकाे कमीले पनि केही अप्ठ्याराे पर्ला। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो ल्याउने चेष्टा गरे पनि आफन्तकाे साथ–सहयाेग जुटिरहनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।


२०७८ माघ ४, मंगलवार ०५:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय