
काठमाडौं : काठमाडौंबाट नेपालगञ्जको उडानका क्रममा एक जना महिला बेहोस भएकी छन् ।
विहिबार विहान काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाज भित्रै महिला यात्रु बेहोस भएकी हुन् ।
मध्य पश्चिमतर्फको मौसम खराब भएका कारण जहाजले झन्डै आघा घण्टा आकाशमा फन्को लगाई रहेको समयमा महिला बेहोस भएको जनाईएको छ ।
मौसमका कारण जहाज केहीबेर आकाशमा होल्ड भएपछि महिला आत्तिएर बेहोस भएको जनाईएको छ । जहाज अवतरण पश्चात महिलालाई राँझास्थित नेपाली सेनाको अस्पतालमा लगिएको छ । हाल महिलाको अवस्थामा सामान्य रहेको छ ।