
काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा ६४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ३७७ जनाको पीसीआर परीक्षणमा ५५५८ र ४ हजार ६० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८६४ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १४१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९० दशमलब ३ रहेको छ ।