
काठमाडौं: जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई कोरोनाभाइरस संक्रमण भएको छ ।
आरटी पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ रिपोर्ट आएको डा. भट्टराईले जानकारी दिए ।
उनले ट्वीटरमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् । सतर्कताका बाबजुद आफूलाई कोरोना संक्रमण भएकाले केही दिन आइसोलेसनमा रहने उनले बताए ।
साथै डा. भट्टराईले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।