नेपालवाणी, 

जनकपुरधाम : जनकपुरधाम स्थित काव्या अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै न्यूरो सर्जरी सेवा सुरु गरेको छ । अस्पतालका सञ्चालक डा. एस.के. सिंहले पत्रकार सम्मेलनको आयोजना गरी न्यूरो सर्जरीका लागि आवश्यक प्रविधिहरु पुरा भईसकेकोले औपचारिक रुपमा सेवा सुरु गरिएको जानकारी दिए । न्यूरो सर्जरी सेवा सञ्चालनका लागि अस्पतालले न्यूरो सर्जन डा. हेमन्त कुमार साहको नेतृत्वमा टिम बनाएको छ । यस विभागमा डा. साहको मातहतमा अन्य सर्जन डाक्टरहरु समेत रहने सिंहले जानकारी दिए ।

अस्पताल छिट्टै अन्य नयाँ सेवाहरु समेत सञ्चालनको तयारीमा रहेको उनले बताए । उनले प्रत्येक दिन न्यूरो सर्जरीको ओपिडी सेवा सञ्चालन हुने बताए । गुणस्तरीय उपचार सेवाका लागि काव्या अस्पतालले कुनै कसर बाँकी नराख्ने सञ्चालक डा. सिंहले जानकारी दिए । उनले यसक्षेत्रका जनताका लागि काव्या अस्पतालले सुरुदेखि नै नयाँ सेवाहरु सञ्चालन गर्दै आएको बताए । आफ्नो अस्पताल न्यूरो सर्जरी सेवा सञ्चालन गर्ने मधेस प्रदेशकै दोस्रो अस्पताल रहेको समेत उनले दावी गरे । उनले अस्पतालले यूरो सर्जरी सेवा समेत निरन्तर गरिरहेको जानकारी दिए ।

ल्याप्रोस्कोपी गाइनोकोजिकल सर्जरी सेवा समेत अस्पतालले डाक्टर राजन साहको नेतृत्वमा निरन्तर सञ्चालन गरिरहेको डाक्टर सिंहले जानकारी दिए । सिंहले जनकपुरधाम क्षेत्रका लागि एम्बुलेन्स सेवा समेत अस्पतालले निःशूल्क सञ्चालन गरिरहेको बताए । उनले काव्या अस्पताल महगो रहेको कुरालाई अस्विकार गर्दै गरीव, विपन्नहरुलाई आफ्नो अस्पतालले निरन्तर छुट गर्दै आईरहेको दावी गरे ।

२०७८ माघ १६, आईतवार ११:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय