
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
बुधबार बिहान प्रचण्डसँग छलफल गर्नका लागि अध्यक्ष नेपाल खुमलटार पुगेका थिए।
भेटमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी), स्थानीय तहको निर्वाचन र गठबन्धनबारे छलफल भएको थियो । त्यस्तै नेकपा एमालेले लगातार गर्दै आइरहेको संसद अवरोधको बारेमा पनि छलफल भएको बताइएको छ।
प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेस एमसीसीको पक्षमा उभिँदा गठबन्धनका अन्य दलहरु अप्ठ्यारोमा परेको छ। एमसीसी संसद्मा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि सारिएको छ । अमेरिकाले फेब्रुअरीको अन्त्यसम्म एमसीसी पारित गर्ने डेडलाइन दिएको छ ।