महोत्तरी (जलेश्वर) : जल वा पानीयक्तु पोखरीमा रहको देवता हुनाले यिनलाई जलेश्वर महादेव भनिएको हो । जलेश्वर महादवेको मन्दिर गुम्बज शैलीमा निर्मित छ, जसमा आकर्षक बुर्जाहरू निकालिएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा महोत्तरी जिल्लाको तीर्थस्थल जलेश्वर मन्दिरलाई छनोट गरेको छ ।

नेपालको महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा प्रसिद्ध जलेश्वर मन्दिर अवस्थित छ । सिङ्गो जनकपुर भेगकै प्रसिद्ध तीर्थस्थल रहेको जलेश्वरनाथ महादेवको नाउँले उक्त ठाउँको नामकरण भएको हो ।  जलेश्वरनाथ महादेव मन्दिरमा दुई भुजासहित बीचमा केही उठेको भाग छ । मन्दिरको मध्यवर्ती भागतिर १६ सिढीमुनि एउटा चतुष्कोण आकारको जलकुण्डमा शिवलिङ्ग रहेको छ । जलकुण्डमा रहेको यिनै शिजवीलाई जलेश्वरनाथ अर्थात् जलेश्वर महादेवको नामबाट पुकारिन्छ ।

jaleshwar_mandir_temple_mahottari35

अति प्राचीन श्री जलेश्वरनाथ महादेवको सु-सञ्चालनको लागि विसं १८६९ तिर श्री पाँच गिर्वाण युद्ध विक्रम साहको शासनकालमा नित्य पूजाआजा चलाउन जलेश्वर महादेव प्रिति गरी विभिन्न ठाउँका मौजेहरु वहेडा जव्दी, बजराही, कञ्चनपुर, जलेश्वर, डाम्ही महेशपुर र महादेवपटटी (साविकको गाविस) (२७५ बिगाहा जग्गा) तत्कालीन पुजारी महन्थलाई लालमोहर ताम्रपत्र दिइयो । ताम्रपत्र भने पहिलो प्रमाणको रुपमा मन्दिरको लागि अमूल्य छ ।

पोखरीको इतिहास हेर्दा वरुण सर (महादेव पूजाको लागि) सहस्त्र कमलको पुष्प भएको पोखरी, पुरन्द सर (महादेव दर्शन पूर्व हातखट्टा धुने गारधोई पोखरीको नामले प्रचलित), पूर्णि सर (महादेवलाई भोगराजको लागि मखानको पोखरी), महन्थ पोखरी (पुजारी महन्थको बास स्थानमा प्रयोग हुने पोखरी) अझै यथावत रहेपनि सो को भोगचलन भने जलेश्वर नगरपालिकाले गर्दै आएको छ ।

jaleshwar_mandir_temple_mahottari35

जनकपुर नजिकै पर्ने हुनाले जलेश्वर महादेव निकै प्रख्यात छ । जनकपुरका परम्पराहरू पनि यस स्थानसगँ जोडिएका छन् । जनकपुरको पञ्चकोशी परिक्रमा जलेश्वरसम्म पनि पुग्ने गर्दछ । साथै शिवरात्रि, बालाचतुर्दशी र माघे संक्रान्तिका अवसरमा यहाँ ठुलो मेला लाग्दछ । साउन महिनाभर पनि जलेश्वरमा भक्तहरू खचाखच हुने गदर्छन् ।

जानकी विवाहका अवसरमा जलेश्वर नजिक मटिहानीबाट माटो जनकपुर लगिएको थियो भन्ने विश्वास गरिन्छ । विभिन्न पौराणिक ग्रन्थहरूले जलेश्वर महादेवको महिमागान गरेका छन् ।

jaleshwar_mandir_temple_mahottari35

विश्वकै एकमात्र जलभित्र विराजमान शिव महालिङ्ग प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक पर्यटकीय दृष्टिकोणले अति महत्व राख्ने महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरको प्रचारप्रसारमा सरोकारवालाको चासो नहुनुले पछिल्लो समयमा आएर यो क्षेत्र ओझेलमा परेको हो । सो मन्दिरलाई विश्व विख्यात बनाउन दीर्घकालीन योजना तथा कार्य गर्नुपर्ने आवश्यक्ता देखिएको छ ।

मन्दिरलाई सौन्दर्यीकरण गरी विश्व सम्पदा सूचीमै पार्न सकिने भएपनि सरोकारवाला निकाय र स्थानीयले समेत चासो दिन नसकेको आरोप छ । जलेश्वर नगरपालिकाले मन्दिरको पोखरी, परिसर र छेउछाउमा फोहर गर्नेलाई नियन्त्रित गर्न सकेको छैन भने थुपारिएको फोहरलाई समेत व्यवस्थित गर्न अटेर गर्दा समस्या थपिँदै गएको फोटो पत्रकारिता गरिसकेका समाजसेवी विश्वनाथ साहको भनाइ छ ।

jaleshwar_mandir_temple_mahottari341

jaleshwar_mahadev_mandir_nepalvani (3)

 

२०७८ फाल्गुन २५, बुधबार १८:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय