काठमाडाैं : टियु मैदानमा जारी टी-२० क्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ। सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनीमाथि १५ रनको जित निकाल्यो।

टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पुपुवा न्युगिनीले १९.२ ओभरमा अल आउट हुँदै १६८ रन मात्र बनाउन सक्यो।

उसका लागि नोर्मन भानुआले अर्धशकीय योगदान दिए। उनले २९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै, सेसे बाउले ३० तथा चालर्सल अमिनीले २२ र लेगा सिअकाले २१ रन बनाए।

नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। सन्दीपलले ४ ओभरमा २२ रन खर्चँदा करणले ४४ रन खर्चिए। यस्तै, अविनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले गरेको नेपाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनायो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए। उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

यस्तै, रोहित पौडेलले २६ बलमा ३५ रन बनाउँदा आरिफ सेखले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रन बनाए। कुशल भुर्तेलले ११ बलमा २० रन बनाउँदा करण केसीले ७ बलमा १४ रन बनाए।

पपुवा न्युगिनीका अलेइ नाओ, चाड सुपर र चार्लस अमिनीले समान २ विकट लिए।

२०७८ चैत्र १४, सोमबार १७:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय