काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी आचारसंहिताको पालनामा ध्यान दिन आग्रह गरेका छन्।

मंगलबार शहरी विकास मन्त्रालयले काठमाडौंमा आयोजना गरेका राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करीडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीको उद्घाटन गर्दै निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेकाले त्यसलाई ध्यान दिन पनि सबैलाई आग्रह गरेका हुन् । आगामी दिनमा सरकारी कार्यक्रमहरु आचारसंहितालाई ध्यानमा राखेर गर्नुपर्ने उनको भनाई छ ।

त्यस्तै प्रधानमन्त्री देउवाले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न ठूला शहरमा आगामी बर्षदेखि नै पाइलट प्रोजेक्ट सुरु गरिने बताए । शहरीकरणमा देखिएमा समस्या तथा चूनौतिहरुलाई सम्बोधन गर्न नयाँ शहरी नीतिमार्फत समुन्नत राष्ट्रिय शहरी बिकास र शहरी प्रणालीको बिकास गर्नुपर्ने उनले बताए। उनले काठमाडौं उपत्यकामा देखिएका फोहर व्यवस्थापनको समस्या समाधानका लागि फोहरबाट ऊर्जा उत्सर्जनमा मन्त्रालयले ध्यान दिनुपर्ने उल्लेख गरे ।


२०७८ चैत्र २९, मंगलवार १३:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय