नेपालवाणी / जनकपुरधाम ।

सत्तारुढ गठबन्धनको बैठकबाट जनकपुरधाम उप–महानगरपालिका जनता समाजवादी पार्टीलाई दिने निर्णय पछि स्थानीय नेपाली कांग्रेसका कार्यकर्ताहरु स्थानीय तहको निर्वाचनमा केन्द्रिय हस्तक्षेपको विद्रोह गर्ने बताएका छन् । नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहले केन्द्रमा गठबन्धनले गरेको निर्णयलाई आफूहरुले नमान्ने बरु आफुहरु बिद्रोहमा उत्रने चेतावनी दिएका छन् ।

‘गठबन्धनको यो निर्णय नेपाली कांग्रेसलाई आघात पु¥याउने हिसाबले गरिएको छ । हामी यो निर्णलाई मान्न बाध्य छैनौं, निर्णयको घोर भत्र्सना गर्नुका साथै कडा बिरोध गर्छौ’ सभापति साहले भने ‘हामीले केन्द्रिय निर्णयको बिरोध गर्छौँ, यसले कांग्रेसी कार्यकर्ताहरुको मनमा आघात पुगेको छ । यो निर्णय बिरुद्ध वडा समिति, नगर समिति, क्षेत्रीय समिति सबै आक्रोशित छन् ।’

नगरसभापति साहले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुपर्ने अवस्था आए त्यहाँबाट समेत पछाडी नहट्ने चेतावनी दिए । उनले जिल्ला उपलब्ध शिर्ष नेताहरुसंग छलफल गरेर आगामी रणनीति तयार गर्ने र गठबन्धनको बिरोधमा उत्रने चेतावनी दिए ।

यता नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले केन्द्रमा गठबन्धन गर्ने निर्णय स्वीकार गर्नुपर्ने बाध्यता रहेपनि स्थानीय कार्यकर्ताहरुको आक्रोशप्रति आफ्नो सहमति रहेको प्रतिक्रिया दिए । उनले बिहिबार नेता कार्यकर्ताहरु बीच छलफल गरेर आगामी योजनाको विषयमा निर्णय गर्ने जानकारी दिए ।

सत्तारुढ गठबन्धनको बैठकबाट स्थानीय तह निर्वाचनका लागि महानगर र उप–महानगरपालिका प्रमुख र उप–प्रमुखमा भागबण्डा मिलाएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकबाट ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा मिलाएको हो । सो भागबण्डाको आधारमा जनकपुरधाम उप–महानगरपालिका जनता समाजवादी पार्टी (जसपा)को भागमा परेको छ ।


२०७९ बैशाख ७, बुधबार १९:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय