sahid_nagarpalika_nepalvani_uday_barbariya

काठमाडौँ : संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा सोमबार ७५३ वटै पालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् । निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्ष एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै छ ।

मंगलबार बिहान निर्वाचन आयोगद्वारा जारी तथ्यांकअनुसार प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १ लाख ३७ हजार ४३ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश १ मा २१ हजार ८७९‚ मधेस प्रदेशमा ३४ हजार ७४७‚ वाग्मती प्रदेशमा २३ हजार ९६‚ गण्डकी प्रदेशमा १२ हजार १४६‚ लुम्बिनी प्रदेशमा २१ हजार ७५९‚ कर्णालीमा १२ हजार ३१८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९८ गरी कुल १ लाख ३७ ४३ जनाको उम्मेदवारी दर्ता भएको हो ।

आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेश १ का स्थानीय तहको प्रमुखमा ४१९‚ अध्यक्षमा ४८९, उपप्रमुखमा ३११ र उपाध्यक्षमा ३९१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदेशका पालिका प्रमुखमा १३०३‚ अध्यक्षमा ८६६‚ उपप्रमुखमा ६२४ र उपाध्यक्षमा ४६१ उम्मेदवारी परेको छ ।

त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहमा प्रमुखमा ५५७‚ अध्यक्षमा ५६३‚ उपप्रमुखमा ३२५ र उपाध्यक्षमा ३६० जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । गण्डकी प्रदेशका पालिका प्रमुखमा २३५‚ अध्यक्षमा २८६‚ उपप्रमुखमा १६० र उपाध्यक्षमा २२४ जनाको उम्मेदवारी परेको छ भने लुम्बिनी प्रदेशका पालिका प्रमुखमा ४०१‚ अध्यक्षमा ५३५‚ उपप्रमुखमा २८३ र उपाध्यक्षमा ४०७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी कर्णाली प्रदेशका पालिका प्रमुखमा १५८‚ अध्यक्षमा २९६‚ उपप्रमुखमा १४६ र उपाध्यक्षमा २७२ जनाले मनोनयन दर्ता गराएका छन् भने सुदूरपश्चिम प्रदेशका स्थानीय तहको प्रमुखमा २०३‚ अध्यक्षमा २२९‚ उपप्रमुखमा १६० र उपाध्यक्षमा १८१ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

candidate_3_nepalvani

२०७९ बैशाख १३, मंगलवार ०९:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय