धनुषा (ढल्केवर) / बैशाख

आसन्न स्थानीय तहको निर्वाचनमा धनुषाको मिथिला नगरपालिकाबाट नगर प्रमुखका उम्मेदवार बनेका महेन्द्र महतोले कुसुमविछौना र जमुनिवासको घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका महतो कांग्रेसका नेता कार्यकर्ता सहित मत माग्न घरघरमा पुग्दा स्थानियहरुले जितेर विकासमा लहर ल्याउन आग्रह गरेका छन् । जवाफमा मेयर महतोले मानिसको आवश्यक भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्य, खानेपानी सञ्चार लगायतका सेवामा नगरपालिकाबासीलाई कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

कांग्रेसबाट मयेरका उम्मेदबार महतोले कुसुमविसौना र जमुनिवासका जनतासंग भेटघाट तथा छलफल गर्दै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र व्यवस्थित शहरीकरण सहित समृद्धिका लागि कांग्रेसको बिजयी बनाउन आवश्यक रहेको बताए ।

घर–घरमा पुगेर महतोले भने, ‘मिथिला नगरपालिकाको नेता होईन, नोकर बन्न आएको हुँ, तपाईंहरु मत दिनु विकास र समृद्धि हामी ल्याउंछौं, निरन्तर जनताको बिचमा रहेर काम गर्छौं, महतोको प्रतिबद्धता छ ।’

मेयर उम्मेदबार महतो संगै उपमेयरकी उम्मेदवार निर्मला कोईराला, मिथिला नगरपालिका ८ का वडा अध्यक्ष उम्मेदवार रामसागर सिंह, वडा सदस्यहरु छेदी ठाकुर, ब्रहमदेव महतो, कान्ता ध्रोंगचिंग र मानकी देवी चमारले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रुख छापमा मतदान गरेर जिताउन पनि स्थानियवासीसँग आग्रह गरेका छन् ।


२०७९ बैशाख २२, बिहीबार १६:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय