नेपालवाणी / जनकपुरधाम

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेकपा एमाले, काँग्रेस र माओवादीलाई एक्लै जनतासमु जान्न हिम्मत नरहेको बताएका छन् । उनले ‘नेपालको ठुलो भनिएका दलहरुलाई निर्वाचनमा जनता साम्मु एक्लै जान डर लागेकोले गठबन्धनको आडमा ढाल ओढेर जनता सामु गएको हो ।’

मधेशको राजधानी जनकपुरधाम स्थित तीरहुतीया गाछीमा भएको चुनावी महासभालाई सम्बोधन गर्दै वरिष्ठ नेता महतोले जनकपुरधामको विकास निर्माणमा भएको भ्रष्टाचारको छानविन र कारवाहीको लागि लोसपा नेपाल विजयी हुन आवश्यक रहेको बताए । उनले भने, ‘जनताको सेवामा पठाएको मान्छे शासक बन्न खोज्यो, हामीले शासक बन्न रोक्न खोज्दा, अनियमितताको सवालमा प्रश्न गर्दा भागेर अर्को घर खोज्यो ।’

जनकपुरधामको निवर्तमान मेयर लालकिशोर साहलाई ईङिकत गर्दै जनकपुरधाममा गरेको गल्तिलाई पार्टीले सुधार गर्न खोज्दा, जनकपुरधामलाई सफा, सुग्घर बनाउन खोज्दा मन नपर्ने व्यक्ति भागेको आरोप लगाए । उनले भने, ‘मैले त जनकपुरलाई सुधार गर्ने कुरा गरेको थिए, तिमीले किन गल्ति थ¥र्यौ भन्दा पार्टी नै छोडेर भाग्यो ।’ महतोले जनकपुरधामलाई राम्रो, सुन्दर र राम्रो बनाउने सपना अन्तर्गत कामको थालनी गरेपनि आफ्नै पार्टीको मेयर बाधक बनेको आरोप लगाए ।

‘जनकपुरमा मलाई धेरै कुुरा गर्नुछ, हामीलाई राम्रो जनकपुर बनाउन अब ईमान्दार नेता मनोज चौधरी र रिता मिश्रलाई उम्मेदवार बनाएको छु । मनोज चौधरी म नै हुँ, जनकपुर बनाउने जिम्मा यहाँका जनताले मलाई दिएको छ, म त्यो सपना पुरा गर्छु । यसभन्दा अघिको निर्वाचनमा जितेर आउको स्थानीय तहको प्रमुख कपुत निस्किए । त्यसैले सोचे जस्तो भएन, तर अब ईमान्दार सेवक जिताउनुपर्छ ।’ महतोले नागरिकलाई शासक नभएर सेवक चाहिएकोले अबको दिनमा सेवक बनाउन मेयर र उपमेयर तथा वडा अध्यक्ष सहित सदस्यहरुमा साईकल छापमा मतदान गरेर चुनाव जिताउन आग्रह गरे ।


२०७९ बैशाख २६, सोमबार १८:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय