काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।

टस जितेर सुरुमा ब्याटिङ गरेको राजस्थान दिल्लीसँग ८ विकेटले पराजित भएको हो। राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेटको क्षतिमा भेट्टाएको थियो।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो। यो जितसँगै पाँचौ स्थानमा पुगेको दिल्लीले १२ खेलमा १२ अंक जोडेको छ।

राजस्थान १२ खेल खेल्दा १४ अंकसहित तेस्रो स्थानमा छ। आईपीएलमा बिहीबार चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स खेल्दैछन्।

लिग तालिकामा ८ अंकसहित चेन्नई पुछारबाट दोस्रो स्थानमा छ भने ४ अंकमात्र जोडेको मुम्बई तालिकाको अन्तिममा छ।

२०७९ बैशाख २९, बिहीबार ०७:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय