काठमाडौं : स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको छ। निर्वाचन आयोगका अनुसार देशभर शान्तिपूर्ण रुपमा मतदान शुरु भएको हो। आज साँझ ५ बजेसम्म मतदान हुनेछ।

मतदानका लागि बिहानैदेखि मतदाता आआफ्नो मतदान केन्द्र पुगेका थिए। कतिपय बिहान झिसमिसेमै मतदान केन्द्र पुगेका छन्।

आज देशभरका ७५३ स्थानीय तहमा मतदान शुरु भएको हो। जसमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन्।

देशभरबाट ३५ हजार २२१ जनप्रतिनिधि चयन हुनेछन्। जसमा ३५५ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

आज कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका १७ मा मात्रै मतदान रोकिएको छ। त्यहाँ उम्मेदवारको मृत्यु भएका कारण जेठ ३ गते निर्वाचन हुनेछन्।


२०७९ बैशाख ३०, शुक्रबार ०८:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय