काठमाडौँ : दशभरमा २८ पालिकाका ७७ केन्द्रमा स्थगित भएको छ।

धनकुटा सहिदभूमि गाउँपालिका ६ ठाकुरदेवी मावि– दलहरूबीचको विवाद ।
उदयपुर त्रियुगा नपा १२ जनप्रेमी मावि पुरानो गाईघाट– पानीका कारण ।
सर्लाही बरहथवा नपा १७ परोरिया आधारभूत विद्यालय– ढुंगामुढा ।
सप्तरी डाक्नेश्वरी नपा २ जनता मावि हरिहरा केन्द्र– मतपेटिका फुटाई मतपत्र च्यातेर नष्ट ।

बारा पचरौता नपा २ नेपाल राष्ट्रिय प्रावि बरगाछी– एमाले र जसपाका कार्यकर्ताले बुथ कब्जा गरेको भन्दै विवाद ।
बारा पचरौता नपा २ श्रीनगर प्रावि– एमाले र जसपाका कार्यकर्ताबीच विवाद ।
बारा पचरौता नपा ४ नेपाल राष्ट्रिय प्रावि बेल्दारी– एमाले र जसपाका कार्यकर्ताबीच विवाद ।
रौतहट फतुवाविजयपुर नपा ७ स्वास्थ्यचौकीमा हूलदंगा ।

रौतहट यमुनामाई गाउँपालिका २ श्री मावि भेडियाही– मतपेटिकामा पानी खन्याइयो ।
रौतहट यमुनामाई गाउँपालिका १ श्री मावि चिकनाजेठरिया– ३ वटा मतपेटिका लुटियो ।
रौतहट गढीमाई नपा ३ प्रावि लक्ष्मीपुर– राजनीतिक दलहरूबीच झडप ।
रौतहट गढीमाई नपा ६ आदर्श प्रावि– राजनीतिक दलहरूबाट हूलदंगा ।
रौतहट बौधीमाई नपा ९ कंकाली प्रावि– क, ख मा हूलदंगा ।

रौतहट बाँधीमाई नपा २ इनरवा प्रावि– क, ख, ग मा तीनवटा मतपेटिकामा आगजनी ।
रौतहट गरुडा नपा ७ शिवशंकर प्रावि– ख केन्द्र मुचुल्का गरिसकेर बन्द गरेको बाकस लुटियो ।
रौतहट परवाह नपा ९ मा– ३ वटा मतदान केन्द्रमा मत बाकसको सिल टुटेको र कपडाले नबाँधेको भेटियो ।
सप्तरी रूपनी गापा ५ गाविस भवन बसपिटी– मतदान स्थगित गर्न जसपाबाहेक अन्य राजनीतिक दलहरूको अनुरोध ।
रामेछाप खाँडादेवी नपा १ राकाथुम– कांग्रेस र माओवादी कार्यकर्ताबीच विवाद ।
काभ्रे पाँचखाल नपा १३ श्रीराम मावि ठाटीडाँडा कोसीदेखा– दलबीच झडप ।

जुम्ला गुठीचौर गापा ३ शंकर मावि गज्र्याङकोट– राजनीतिक दलका प्रतिनिधिहरूले मतदाता नामावली च्याते ।
सुर्खेत सिम्टा गापा १ भगवती मावि– झैझगडा ।
हुम्ला खार्पुनाथ गापा मालिका मावि– वारेससम्बन्धी विवाद ।
कालीकोट रास्कोट गापा ४ रमालमस्टो मावि स्युना– दलका कार्यकर्ताबीच विवाद ।
कालीकोट पचालझरना ३ जनता मावि खार्दुप– राजनीतिक दलका कार्यकर्ताबीच विवाद ।

बाजुरा बुढीनन्दा ८ पिस क्रियटर एकेडेमी– हतियारसहित मतदान केन्द्रमा उपस्थित भएको विषयमा दुई पक्षबीचको विवाद ।
कञ्चनपुर पुनर्वास १० विजय मावि भीम विकास बस्ती क, ख, ग मा फर्जी मतदान भएको भनी विवाद ।
अछाम मंगलसेन नपा १३ यशोधरा मावि– मतदाता परिचयपत्र लिएर विवाद ।
अछाम चौपाटी गापा ३ गगडा मावि गगुङ– विवाद ।

अछाम ढकारी गापा २ कालिका देवी मावि– एक जनाले इच्छाएको व्यक्तिले अरुको पनि मत हालेको विवाद ।
बझाङ केदारस्युँ गाउँपालिका ४ जगन्नाथ माविमा– विवाद ।
बझाङ जयपृथ्वी नपा ७ सुनिपिपलचौर मावि– मतपेटिका सार्न खोज्दा विवाद ।
बझाङ सुर्मा गापा ३ कृष्ण मावि– एक जना व्यक्तिले दोस्रो पटक मतदान गर्न खोज्दा विवाद ।

बझाङ सुर्मा गापा २ आधाबगर मावि दोगरे– एकै व्यक्तिले दोस्रो पटक मतदान गर्न खोज्दा विवाद ।
बाजुराको बुढीगंगा नगरपालिका १ देखि १० वडासम्मका केन्द्रहरूमा सुरक्षाकर्मी अनुपस्थितिमा एकपक्षीय मतदान ।

२०७९ बैशाख ३१, शनिबार ०७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय