धरान : सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् ।

लौरौ चुनाव चिन्ह पाएका साम्पाङले २० हजार ८२१ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत पाएका छन् । नेकपा एमालेकी मन्जु सुवेदीले १२ हजार ८२५ मत पाएकी छन् ।

त्यस्तै धरानको उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा निर्वाचित भएका छन् । उनले २० हजार ५१० मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका पदम प्रसाद लिम्वुले १७ हजार ६०६ मत पाएका छन् ।

२०७९ जेष्ठ ८, आईतवार २१:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय