
बर्दिबास : महोत्तरीको बर्दिबासमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
शुक्रबार राति बर्दिवास-४ बिश्वकर्मा चौक स्थित पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ज.१० प ५०६० नं. को मोटरसाइकलले नाम थर वतन नखुलेको अन्दाजी २९ वर्षको पैदल यात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट सख्त घाईते भएको तत्कालै घाईतेलाई उपचारको लागि शुभ स्वस्तिक अस्पताल बर्दिवासमा लगिएको र उपचारको क्रममा सोहि अस्पतालमा मृत्यु भएको ईलका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
मृतक पैदल यात्रीको हाल सम्म पहिचान नखुलेकोले मृतकलाई चिनु हुने महानुभावहरुले इलाका प्रहरी कार्यालय बर्दिबासमा जानकारी गराई दिनु हुन कार्यालयले अनुरोध गरिएको छ ।
थप विवरण आउन बाँकी…