झापा: जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।

झापाको अनारमनी क्षेत्रबाट तीन महिनादेखि विभिन्‍न मिति र समयमा मोटरसाइकल चोरीको घटना बढ्‍दै गएको उजुरी परेपछि इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला प्रहरी कार्यालय भद्रपुर झापाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको टिकुली नगरपालिका-५ घर भएका २७ वर्षीय करण अहमद, झापाको गौरीगञ्‍ज गाउँपालिका-५ बस्‍ने १८ वर्षीय ओमप्रकाश यादव, झापाकै अर्जुनधारा नगरपालिका-८ बस्‍ने १८ वर्षीय समीर मियाँ र विर्तामोड नगरपालिका-५ बस्‍ने १८ वर्षीय विष्णु भण्डारी रहेका छन् ।

यस्तै विर्तामोड नगरपालिका-५ बस्‍ने १८ वर्षीय करण मण्डल, विर्तामोड नगरपालिका-३ बस्‍ने १९ वर्षयीय कुमार राजवंशी, विर्तामोड नगरपालिका-३ बस्‍ने १८ वर्षीय सुमन बिहारी र इलाको चुलाचुली घर भएका १८ वर्षीय राहुल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

२०७९ जेष्ठ १९, बिहीबार २२:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय