मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
यो साता अलि संघर्षमय रहला। विद्यार्थीलाई भने उपलब्धिमूलक रहनेछ। धेरै बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। आँटेका काममा विभिन्न क्षेत्रबाट बाधा हुनेछ। तापनि बुधवारदेखि भाग्यले साथ दिने हुँदा नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। दिगो काम बन्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। सप्ताहान्तमा भने घरेलु समस्यामा अल्झनुपर्ला। आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अरूको भर पर्दा पनि धोका पाइनेछ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। नयाँ काम थाल्न सकिनेछ र व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। बुधवारदेखि मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। शुक्रवारदेखि भने केही विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ला। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा व्ययभार बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। उपहारका साथै धनलाभ हुने सम्भावना छ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। शुक्रवारदेखि व्यवसाय विस्तार हुनेछ। आम्दानी बढ्नेछ भने मेहनत गर्दा रोकिएको प्रतिफल प्राप्त हुनेछ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुमा राम्रै आम्दानी हुनेछ। मिहिनेतीहरूलाई दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। तर, खर्चको मात्रा बढ्नेछ भने अर्थ अभावको समस्याले सताउन सक्छ। समयमा रकम हातलागी नहुँदा काममा पनि बाधा हुनेछ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साथीभाइकाे साथ–सहयाेग जुट्नाले काम भने बन्नेछन्। सप्ताहान्तमा विभिन्न अवसर जुट्नुका साथै मनमा आनन्द मिल्नेछ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनमा मन रमाउनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। ढिलै भए पनि आँटेको काम बन्नेछ र मिहिनेतको फल प्राप्त हुनेछ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साता उत्साहवर्द्धक रहनेछ। प्रारम्भमा गरेको कर्मले सफलताको उचाइमा पुर्याउन सक्छ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। प्रयत्न गर्दा विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। सप्ताहान्तमा भने खर्चिलाे काम आँट्नाले धेरै रकम जाेहाे गर्नुपर्ने हुन सक्छ। तापनि, शुभचिन्तकहरूले साथ दिनेछन्। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइ नजिकिन सक्छन्। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्ररम्भमा केही जिम्मेवारी थपिनेछन्। लक्ष्यमा पुग्न निकै मेहनत गर्नुपर्ने देखिन्छ। तर, समय लागे पनि उपलब्धि प्राप्त हुनेछ। आध्यात्मिक ज्ञानले दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। बुधवारदेखि पहिलेका समस्या समाधान हुनेछन्। चिताएको काम सम्पादन हुनेछ भने नयाँ कामतर्फ अग्रसर भइनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। पुराना कामको चर्चा हुनेछ भने उपलब्धिको स्रोत प्राप्त हुनेछ। सप्ताहान्तमा मनग्य आम्दानी हुनेछ। तर कामले खर्च बढाउनेछ भने लगानी अरूका हातमा जानाले आर्थिक समस्या पनि आइपर्न सक्छ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थितिको चक्रमा अलमलिनुपर्ला। कार्यसम्पादनमा समय लाग्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिन सक्छ। धन बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ। परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। तापनि बुधवारदेखि स्थितिमा सुधार आउनाले राेकिएका काम सम्पादन गर्न सकिनेछ। सानो अवसरले पनि उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। सप्ताहान्तमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। तारिफयोग्य काम सम्पादन हुनाले नाम, दाम र इनाम प्राप्त गर्न सकिनेछ। विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ। व्यवसायमा मनग्य लाभ हुनेछ। बुधवारदेखि भने आकस्मिक समस्यासँग जुध्नुपर्ला। धन बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा पनि पछि परिनेछ। आफन्तसँग मनमोटाव बढ्नेछ र काम बिग्रने डरले पिरोल्न सक्छ। तापनि मिहिनेतले सप्ताहान्त अनुकूल बन्नेछ। परिस्थिति दर्साउँदा केही सहयोगीहरू जुट्नेछन्। समस्या सुल्झाउँदै उपलब्धि प्राप्त गर्न सकिनेछ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार तथा कर्मयोगले फाइदा दिलाउनेछ। उपलब्धिले जोस–जाँगर बढ्नेछ। यात्रा, मनोरञ्जन र पारिवारिक भेटघाटमा मन रमाउनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। तर विवादास्पद कामले केही चुनाैती निम्त्याउने देखिन्छ। सप्ताहान्तमा परिस्थिति प्रतिकूल बन्नाले काम राेकिन सक्छ। स्वास्थ्य कमजाेर हुनेछ भने अर्थ अभावले सताउन सक्छ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा स्वास्थ्य र पढाइकाे चिन्ताले सताउन सक्छ। काममा अरूको मुख ताक्नाले पछि परिनेछ। स्वास्थ्य कमजोर हुनेछ। अप्ठ्यारो बेलामा आफ्नैले दुःख दिनेछन्। बुधवारदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। पुरुषार्थी कामले लक्ष्यमा पुर्याउनेछ। प्रतिस्पर्धीहरू कमजाेर बन्नेछन्। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। रमाइलो जमघट र स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने सम्भावना छ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
सुरुमा पारिवारिक उल्झनले काममा बाधा पुग्नेछ। साइनो गाँस्नेहरूले केही दु:ख दिन सक्छन्। स्वास्थ्य चिन्ताले सताउनेछ भने पढाइको लक्ष्य प्राप्त नहुन सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी एक्लै वहन गर्नुपर्ने हुन सक्छ। काममा अरूको मुख ताक्नाले पछि परिनेछ। उत्तरार्द्धमा सामान्य चुनौती देखिए पनि बिस्तारै परिस्थिति अनुकूल बनाउन सकिनेछ। कामका बाधाहरू क्रमशः हट्नेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन् र गुमेको अवसर पुनः प्राप्त हुनेछ। सप्ताहान्तमा उपहार तथा सुविधाका वस्तुहरू जुट्नेछन्। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुरुमा विशेष अवसर प्राप्त हुनाले काम बन्नेछ। मिहिनेतले हिम्मत दिलाउनेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। प्रतिद्वन्द्वीहरूले सम्झौताको ढोका खोल्नेछन्। प्रारम्भ उत्साहपूर्ण देखिए पनि बीचमा केही व्यवधान देखापर्नेछन्। बेसुरमा निर्णय लिने बानीले समस्या निम्त्याउनेछ। काम बिग्रने डरले सताउन सक्छ। आफ्नाले धोका दिनेछन् भने नजिकका साथीभाइसँग दूरी बढ्नेछ। साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। साताको अन्त्यमा परिस्थिति अनुकूल बन्दै जानेछ। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ।

