काठमाडौं : काठमाडौंको फर्पिङस्थित जंगलमा युवा-युवतीको शव भेटिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वसन्त कुँवरले घटनाबारे भर्खरै जानकारी आएको बताए ।

‘२०/२२ वर्षका युवायुवती मृत अवस्थामा भेटिएका छन् भन्ने खबर आएको छ’, एसएसपी कुँवरले भने । घटनास्थलमा एउटा बट्टा पनि भेटिएकाले विष सेवन गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

चेकप्वाइन्टबाट एक किलोमिटर माथि ताखेल जाने बाटोको जंगलमा शव भेटिएको जनाइएको छ ।


२०७९ जेष्ठ २३, सोमबार १४:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय