
मटिहानी (महोत्तरी) : ललितपुुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा दलित समुदायका भएकै कारण भर्ना नपाएका चार छात्रले अब महोत्तरीको मटिहानीस्थित गुरुकूुलमा पढ्न पाउने भएका छन्् ।
दलित भएकै कारण भर्ना नपाएका भन्ने समाचार आएपछि महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयलले बर्दिया जिल्लाको बारबर्दिया-६ का चार दलित परिवारका छात्रको पठनपाठनको जिम्मेवारी लिने भएको हो । ललितपुुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा भर्ना नपाएका १० वर्षीय समीर सुनार, १२ वर्र्षीय विराज सुनार, नौ वर्षीय भुवेश्वर सुनार र १० वर्षीय भीमबहादुर सुनारले अब मटिहानी गुरुकूलमा भर्ना पाउने भएका हुन् ।
“बर्दियाका चार छात्रको ललितपुर गुरुकूलमा भर्ना हुन नसकेको समाचार कान्तिपुर अनलाइन सञ्चारमाध्यममा देखियो” मटिहानीस्थित गुरुकूल राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य ईश्वरीप्रसाद पौडेलले भन्नुभयो, “हामी ती चारै जना छात्रको बसोबास, खानपान र पठनपाठनको जिम्मा लिन्छौ ।” दलित छात्र र उनीहरुका अभिभावकको पढ्ने/पढाउने रहरको सम्मान गर्दै चारै जना छात्रको स्वागतका लागि आफ्नो गुरुकूल पर्खी रहेको पौडेलको भनाइ छ ।
आजभन्दा ३०४ वर्र्ष पहिले स्थापित मुलुककै जेठो गुरुकूल मानिने मटिहानीमा बालगुरु षडाननले पनि शिक्षा लिनु भएको थियो । गुरुकूलमा अहिले हिन्दू धर्म परम्पराका दलितमात्र नभएर इस्लाम धर्मावलम्बी छात्र पनि पढ्दै छन् ।
“कोही जन्मले सुद्र वा ब्राह्मण हुँदैनन् , सबै कर्मले उच्च हुन सक्छन् , त्यसैेले हाम्रो गुरुकूलमा सबै जातजाति र समुदायले उत्तिकै सम्मानसाथ प्रवेश पाउँछन्” पौडेलले भन्नुभयो ।
ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा सीट सङ््ख्या पुरा भएको भन्दै भर्ना लिन नससक्ने जनाएपनि सो गुरुकूललमा हाल ३३ जनामात्र छात्र रहेको प्रकाशित समाचारमा उल्लेख छ । सो गुरुकूलको वेवसाइटमा सीट सङ्ख्या ५० रहेको पाइन्छ । यसरी १३ छात्र भर्ना गर्नसक्ने सीट बाँकी छँदै सो गुरुकूलले दलित भएकै कारण आफ्ना नानीहरुलाई प्रवेश नदिएको अभिभावक नरेन्द्र सुनारलले भन्नुभएको कान्तिपुरको जेठ २५ मा प्रकाशित समाचारमा जनाइएको छ । भर्नाका लागि केश मुुण्डन र व्रतबन्ध गरी सकेपछि जातथर सोध्दा आपूmले नढाँटी बताएपछि गुरुकूलका प्राचार्यले घर जान भन्नु भएको सुनारको भनाइ छ । चार बालकमध्ये तीन नरेन्द्रका र एक उहाँका भाइका छोरा हुन्् ।
मटिहानीििस्थत गुरुकूलका प्राचार्य पौडेलले चारै जना छात्रका अभिभावकलाई यथासक्य चाँडो विद्यालय सम्पर्कमा नानीहरु पठाइदिन अनुरोध पनि गर्नुभएको छ ।