काठमाडौं : देशका विभिन्न भागमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका ६ मदनआश्रृत चोकस्थित निर्माणाधिन घरमा लेबर काम गर्ने सोही उपमहानगरपालिका ९ बस्ने ४५ वर्षीय लाल बहादुर नेपालीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । घर निर्माणका लागि रड काट्ने क्रममा करेन्ट लागि अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै गुल्मीको मुसिकोट नगरपालिका १ सिंग्ले सलुनीटोल बस्ने ५९ वर्षीय गोपाल सार्कीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नो घर नजिकैको मकै बारीमा बाँदर कुर्न जाने क्रममा भुइँमा लत्रिएको बिजुलीको तारमा छुँदा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

यस्तै बाराको परवानिपुर गाउँपालिका–५ बहुअरी बस्ने उपेन्द्र प्रसाद पटेलको छोरा ११ वर्षीय प्रिन्स पटेलको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नो घरमा जडान भएको मोटर चलाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको नारायणी बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

२०७९ असार २१, मंगलवार ०८:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय