जनकपुरधाम : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा चिकित्सकको गम्भीर लापरवाही गरेको भेट्टिएको छ । अस्पतालले बिरामीलाई चेकजाँच बिनै बिरामीकै आधारमा पित्तथैलीको शल्यक्रिया गर्दा बिरामीको ज्यान नै जोखिममा परेको हो । बिरामीले आफ्नै आधारमा झण्डै चार महिना अघि गराएको चेकजाँचको आधारमा चिकित्सकले पित्तथैलीमा पत्थरीको शल्यक्रिया गर्दा बिरामीको ज्यान जोखिममा परेको हो ।

२०७८ फाल्गुन २८ गते चिकित्सकको सल्लाह बिनै बिरामीले जनकपुरधाम स्थित लक्की अल्ट्रासाउण्डमा गराएको रिपोर्टको आधारमा नै चिकित्सकले शल्यक्रिया गरेको गम्भीर लापरवाही भेट्टएको हो । चार महिना अघि व्यक्तिगत (सेल्फ) रुपमा भिडियो एक्स-रे (अल्ट्रासाउण्ड) गराएको र सोही आधारमा डा. अमरेश कणर्ले भर्ना गरी डा. राजेश साह र आश्विनी यादवले शल्यक्रिया गरेको पाईएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका २ स्थायी घर भई हाल जनकपुरधाम उप-महानगरपालिकामा कोठा भाडा लिई बस्दै आएकी विभा चौधरीलाई तल्लो पेट दुख्दा स्वःस्फूर्त रुपमा अल्टासाउण्ड (भिडियो एक्स-रे) गराईन् । चेकजाँच गराएको रिपोर्ट सहित बिरामी अस्पतालको टिकट काटेर चिकित्सकलाई देखाउँदा शल्यक्रियाको सुझाव दिए ।

विभाका श्रीमान राजेश चौधरीले भने, ‘जेष्ठको अन्तिम सातामा ओपिडको सर्जनमा चिकित्सकलाई देखाउँदा डा अमरेश कणर्ले रगत, छातिको एक्स-रे, पिसाब जाँच ईत्यादि गराउन लगाए । सबै जाँच गराईसकेपछि चिकित्सकले अषाढको ५ गते शल्यक्रियाको समय दिए । तर आफुहरुलाई ५ गते एक वैवाहिक समारोहमा सहभागि हुन जानुपरेकोले ५ गतेको मिति सारेर १२ गतेको भर्ना र १३ गतेमा शल्यक्रिया गर्ने डा. राजेश साह, डा. अमरेश कणर् र डा. आश्विनी यादव बीच सहमति भयो ।’

‘सहमति अनुसार मैले १२ गते श्रीमती विभालाई अस्पतालमा दाखिला गरी शल्यक्रियाका लागि भर्ना गराए । भर्नापछि तल्लो पेट दुख्ने समस्या बताउँदा डा. राजेश साहले फिजिकल ईक्जामिनेशन लिएर सबै ठीक छ । अप्रेशन पछि सबै ठीकठाक भै हाल्छ भने । अझ मैले डा. साहेब अरु टेष्टहरु गर्नुपर्छ होनि नि ? भनेर सोध्दा कुनै टेष्ट आवश्यक नपर्ने भनि १३ गते पूर्वनिर्धारित तालिका अनुसार शल्यक्रिया गरेको थियो ।’
चौधरीले शल्यक्रिया पछि अवस्था नाजुक हुँदै जादा युरिन (पिसाब), रगत (ब्लड), भिडियो एक्स-रे जस्ता चेकजाँच गर्दा विभाको गर्भमा चार महिने शिशु हुर्कदै गरेको जानकारी चिकित्सकले आफुलाई गराएको चौधरीको भनाई छ । ‘महिनावरी नहुँदा चिकित्सकले पत्थरीका कारण समेत गडबड हुन सक्ने आशंका व्यक्त गरेपछि आफुहरुले गर्भमा हुर्कर्दै गरेको बच्चा भएको सम्म आँकलन गर्न सकेनौं, तर चिकित्सकले त फिजिकल ईकजामिनेशन गर्दा थाहा पाउनुपर्ने हो नि, हैन र ? हामी त अज्ञानी मान्छे तर भगवान मानेको डाक्टरले समेत ठुलो लापरवाही गर्नुभयो । डाक्टर साबले जे-जे भन्नु भो, हामीले त त्यही गर्‍र्यौ, हामीले के थाहा यस्तो अवस्था आउँछ भनेर ।’

‘जेचजाँचको क्रममा मैले डा. राजेश साहले सोधेको थिए ? डा. साहव कुनै चेकजाँचहरु गराउनु पर्दैन, जवाफमा डा राजेशले राजेश र आश्विनी यादवको नामै काफि छ । हामीले दिनमा दजर्नौ यस्तो केश हेर्छौ, बजारमा पत्ता लगाईहाल्नु होला भनेर मलाई विश्वस्त पारेको थियो’ चौधरीले संचारकर्मी र्संगको टेलिफोन सम्पर्कमा भने, ‘जनकपुर प्रादेशिक अस्पतालमा बिरामीको मर्ने अवस्थामा थियो, मसंग पैसा थिएन ऋण लिएर हेलिकप्टरबाट काठमाण्डौं ल्याए, अझ कति दिन बस्नुपर्छ, थाहा छैन, मेरो श्रीमतिको अवस्था अहिले पनि नाजुक छ । मलाई न्याय निसाफ चाहिन्छ ।’
शल्यक्रियामा संलग्न चिकित्सक मध्ये डा. राजेश साह, आश्विनी यादव र शल्यक्रियाका लागि भर्ना गराएका डा. अमरेश कणर्ले मध्ये तीनै जनाले आफ्नो शल्यक्रियामा आफ्नो कुनै संलग्नता नरहेको संचारकर्मीर्संगको कुराकानीमा बताए । उनीहरु एक चिकित्सकले अर्कोलाई दोषि देखाएर उम्किन खोजिरहेका छन् । परिवारजनका अनुसार शल्यक्रियामा प्रत्यक्ष संलग्न रहेका चिकित्सक डा. राजेश साहले आफुले शल्यक्रिया नगरेको अवस्था विग्रदा आफुले मानवताको हिसाबले मात्र हेरविचार र सल्लाह दिएको दाबी गरे । उनले भने, ‘मेरो शल्यक्रियामा कुनै संलग्नता छैन, अवस्था नाजुक भएपछि मैले हेरिदिएको मात्र हुँ ।’
अर्को चिकित्सक डा. आश्विनी यादवले शल्यक्रियामा आफुले क्यामरा म्यान (फोटोग्राफरको भुमिका मात्र निर्वाह गरेको दाबी गरे । उनले भने, ‘मैले बिरामीलाई अर्धचेत अवस्थामा भेटेको हुँ, वहाँको म जानु अघि नै सबै कुरा मिलिसकेको थियो । मैले त क्यामरा म्यानको रुपमा सहयोग मात्र गरेको हुँ ।’

यता बिरामी भर्ना गरेका डा. अमरेश कणर्ले भिडियो एक्सरे मान्यता प्राप्त चिकित्सकले गरेको आधारमा आफुहरुले भर्ना सहित शल्यक्रियाको प्रक्रिया अगाडी बढाएको बताए । उनले भने, ‘बिरामीको व्यक्ति चिनजानको आधारबाट हामीकहाँ आउनु भो ! हामीलाई गर्भवति भएको जानकारी पनि थिएन, हामीले सोधखोज समेत गरेनौं, तर शल्यक्रिया गर्ने चिकित्सकले खोज्नुपर्ने हो, तर खोजिएन किन खोजिएन वहाँलाई नै सोध्नुस् ।’

बिरामी चौधरीको अवस्था नाजुकपछि गत विहिवार १६ गते एम्बुलेन्सबाट सम्भव नभएपछि एयर एम्बुलेन्सबाट काठमाण्डौं स्थित मेडिसिटी हस्पिटलमा उपचाररत छिन् । चिकित्सकलाई उद्दृत गर्दै बिरामीका श्रीमान राजेश चौधरीले अवस्था सुधारन्मुख भएपनि अझ १५ दिन चिकित्सकीय अनुगमनमा रहनुपर्ने जानकारी दिए ।

२०७९ असार २१, मंगलवार १७:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय