pakrau_nepalvani

महोत्तरी : आठ वर्षीया बालिकालाई करणी गरेको आरोपमा आफ्नै काका पक्राउ परेका छन् ।

१० साउन राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई जबरजस्ती करणीको गरेको आरोप उनीमाथि लागेको छ ।

बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका काकाको नाम भने प्रहरीले गोप्य राखेको छ । २४ वर्षीया आरोपितलाई इलाका प्रहरी कार्यालय बर्दिबासले हिरासतमा राखेको छ ।

अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले बालिकाको ठेगानासमेत गोप्य राखिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

आरोपित काकालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रमुखसमेत रहेका रावलको भनाइ छ ।

उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७९ श्रावण १४, शनिबार ०९:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय