काठमाडौं : खोटाङको हलेसी आसपास केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ः१३ बजे भूकम्प गएको हो। केन्द्रले खोटाङको हलेसी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। त्यसको धक्का आसपासका जिल्लामा महसुस गरिएको छ।

काठमाडौंमा पनि भूकम्पको धक्का महसुस गरिएको छ। तराईका जिम्मासम्म धक्का महसुस गरिएको जनाइएको छ।

क्षतिको विवरण भने आएको छैन। अहिलेसम्म क्षति भएको सूचना नआएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ।

२०७९ श्रावण १५, आईतवार १०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय