काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ‘घर–घरमा पढाइ, टोल–टोलमा सिकाइ’ अभियान सञ्चालन गर्ने भएको छ ।

नेविसंघले यसका लागि सम्पूर्ण जिल्ला समितिलाई परिपत्रसमेत गरेको जनाएको छ ।

निजी विद्यालय तथा अन्य शैक्षिक संस्थाहरुले शिक्षण संस्था बन्द रहेको अवधिको शुल्क छुटको निम्ति जिल्ला शिक्षा समन्वय इकाइ, स्थानीय तह र अन्य सरोकारवाला निकायसँगको समन्वयमा अनुगमन र सहजीकरण गर्नेलगायतका काम पनि गर्ने नेविसंघले जनाएको छ ।

त्यस्तै, सामुदायिक विद्यालयका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्धताको सहजीकरण गर्ने पनि नेविसंघले जनाएको छ ।

साथै, नेविसंघले यही असार १८ गते विभिन्न रचनात्मक र सिर्जनात्मक क्रियाकलाप सञ्चालन गरी गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती मनाउने निर्णय गरेको केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिनुभयो ।

२०७७ असार १६, मंगलवार १४:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय