
महोत्तरी : महोत्तरीको बर्दिवासमा मोटरसाइकल चोरीको बिगबिगी बढेको छ ।
बुधबार राती करिब साढे ९ बजेको बर्दिबास नगरपालिका-१ स्थित सिन्धुली रोडबाट सर्लाहीको अतरौली बस्ने छेवाङ्ग दोर्जे मोक्तानको ज. ११ प ५९५६ नम्बरको एन. एस. २०० सिसिको पल्सर मोटरसाइकल चोरी भएको छ ।
सोही दिन मात्र दुईवटा मोटरसाइकल चोरी भएको स्थानियहरुले जनाएका छ्न । उनिहरुका अनुसार साउनको २९ गते मात्र बर्दिबास नगरपालिका अगाडि पार्किङ्ग गरेको मोटरसाइकल चोरी भएको थियो ।
बर्दिबास नगरपलिका-१ बस्ने सुरेश तामाङको ज १२ प २५७८ नम्बरको नम्बरको एन. एस. २०० सिसिको पल्सर मोटरसाइकल चोरि भएको थियो ।
यता मोटरसाइकल चोरी गर्ने गिरोहनै दैनिक बर्दिबास चौकमा चोरी गरेपनि प्रहरीले तिनीहरुलाई नसमतनु प्रहरी प्रशासन माथी प्रश्न उठन थालेका छन ।
प्रहरीले चोरीमा संलग्नको खोजीकार्य अघि बढाएको ईलाका प्रहरी कार्यलयका प्रहरी नियब उपरीक्षक रबि राबलले जानकारी गराएको छ ।
एकै महिनामा चार भन्दा बढी मोटरसाइकल चोरी भए पछि स्थानियहरु त्रसित भएका छन ।