काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारको क्रममा आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुरको किष्ट अस्पतालले उनको निधन भएको पुष्टि गरेको छ । जोशी तीन सातायता सोही अस्पतालमा उपचाररत थिए ।

विगत लामो समयदेखि प्रोष्टेड तथा मुटुको समस्याबाट पीडित थिए उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो ।

डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर उनलाई अस्पतालको सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो ।


२०७९ आश्विन ३०, आईतवार ०९:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय