
जनकपुरधाम : कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा साना किसान विकास लघुवित वित्तिय संस्था लिमिटेड ले एक लाखको सहयोग गरेका छन ।
संस्थाका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाखबराबरको चेक हस्तान्तरण गरेका हुन् ।
प्रदेश राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका प्रायः बैंकले सहयोग गरेका छन् भने केही समाजिक संस्था र उद्योगपतिले समेत सहयोग गरेका छन् ।
राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषणा गरेको छ ।
