काठमाडौं : रौतहटको दुई मतदानस्थलमा प्रहरीले हवाई फायर गरेको छ ।

जिल्लाको गुजरा नगरपालिकास्थित कनकपुर मावि मतदान केन्द्र र गरुडा नगरपालिकाको अमरपट्टि प्रावि भवनको मतदान केन्द्रमा प्रहरीले एकएक राउण्ड हवाई फायर गरेको हो ।

मतदानस्थल बाहिर विभिन्न राजनीतिक दलका समर्थकले हो–हल्ला भएपछि मतदान प्रभावित हुन नदिन प्रहरीले हवाई फायर गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए।

हवाईफायरपछि होहल्ला गर्नेहरु तितरबितर भएको र अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताइएको छ ।

२०७९ मंसिर ४, आईतवार ११:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय