बर्दिबास : सुरक्षा निकाय निर्वाचनको गणना सुरक्षामा व्यस्त रहेको मौका पारी ठूलो परिमाणमा लागुऔषध ओसारपसारमा संलग्न एकजना महोत्तरीको बर्दिबास-१ मा पक्राउ परेका छन् ।

बिहिबार महोत्तरी-१ को मतगणनास्थल नजिकै बिपी राजमार्गमा प्रहरीले सुरक्षा जाँच गर्दा बिभिन्न नाउँका ७६० चक्की लागुऔषधसहित सिन्धुली जिल्लाको तिनपाटन-११ का २५ वर्षीय आकाश भनिने सागर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बर्दिबासको प्रहरीटोलीले पक्राउ गरेको हो ।

ज ५ प १८५ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ गईरहेका श्रेष्ठलाई रोकी चेकजाँच गर्दा मोटरसाइकलको फिल्टरबक्सभित्र लुकाई राखेका लागुऔषध बरामद भएको हो । बरामद लागुऔषधमा नेट्राभेट (ल्क्ष्त्च्ब्ख्भ्त्(ज्ञण्) ३० पत्तामा ४५० चक्की, एडपाम (ब्ब्म्एब्ः) १० पत्तामा ३०० चक्की र नेट्रोसुन (ल्क्ष्त्च्इक्ग्ल्) एक पत्तामा १० चक्कीसहित जम्मा ७६० चक्की बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

बरामद लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका श्रेष्ठलाई जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानको म्यादसमेत लिइसकिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

सबै सुरक्षा निकाय निर्वाचन गणनाको सुरक्षा प्रबन्धमा खटेका अड्कल गरेर नै श्रेष्ठले यति धेरै मात्रामा लागुऔषध भारतबाट ल्याउने आँट गरेका सोधपुछबाट बुझिएको छ । महोत्तरीको बर्दिबास क्षेत्र लागुऔषध दुव्र्यशन र ओसारपसारको केन्द्र बन्दै आएएको पछिल्ला केही वर्षयता देखिदो छ ।

२०७९ मंसिर ९, शुक्रबार ११:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय