file Photo/KP Oli/Nepalvani

काठमाडौं: नेकपा एमालेले सांसदहरुको भेला बोलाएको छ ।

काठमाडौंको कमलादीस्थित  एमालेले आज कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको हो ।

भेलामा प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्य सहभागी हुनेछन् ।

पार्टीले संघीय संसद् तथा प्रदेश सभामा खेल्नुपर्ने भुमिकाका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराइने छ । भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

२०७९ पुष ५, मंगलवार १२:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय