
राजविराज : घुरबाट सल्केको आगोले मङ्गलबार राति सप्तरीमा एकै परिवारका एक वृद्धको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।
आगलागीमा परेर बोदे बर्साईन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत (पाल)को मृत्यु भएको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।
सिंहका अनुसार हजुरबुवालाई जोगाउन गएका राउतकै नाती २५ वर्षीय धर्मदेव पाल राउत आगलागीमा परेर घाइते भएका छन् ।
गोठमा बाँधिएको एउटा राँगा र एउटा भैंसी समेत आगोले जलेर मृत्यु भएको छ । यस्तै, आगोले जलेर दुईवटा भैंसी घाइते भएको प्रहरी निरीक्षक सिंहले बताए । मृतक राउतको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको छ ।