
सर्लाही : नेपाल विद्यार्थी सङ्घ एक ऐतिहासिक सङ्गठन र एक अनवरत सङ्घर्षिल संस्था हो । तत्कालीन समयमा विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर काम गर्न र शिक्षामा सुधार र विध्यार्थीहरुको हक-हित सुनिश्चित गर्न नेपाल विद्यार्थी सङ्घको स्थापना वि. सं. २०२७ सालमा भएको थियो । नेपाल विद्यार्थी सङ्घ हाल क्रियाशील रहेका विद्यार्थी सङ्गठनहरू मध्ये सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन र गौरव पुर्न ईतिहास संगठन हो नेपाल विद्यार्थी सङ्घ ।
नेपाल विद्यार्थी सङ्घले हरेक आन्दोलनको अग्र मोर्चामा रहि लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै निरंकुश, तानाशाही व्यवस्थाको विरुद्ध नेपाल विद्यार्थी सङ्घका होनहार विद्यार्थी योद्धाहरूले ज्यानको बलिदान दिएको कुरा इतिहासमा प्रष्ट छन् । नेपाल विद्यार्थी सङ्घ निरंकुश, अधिनायकवादी र सामन्तीहरूको विरुद्धमा अनवरत सङ्घर्ष रहि मानव अधिकार, लोकतान्त्र, सामाजिक सदभाव, स्वतन्त्र न्याय, बिधिको शासन, सुशासन, सामाजिक न्याय र प्रेस स्वतन्त्र लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनिती, अर्थिक, शैक्षिक एवं समान्त मुलक राष्ट्र निर्माणको अग्रगामी भुमिका निर्बाह गर्दै आएको र गरी रहने प्रतिबद्धता अनुरुप जन्मिएको संस्था नै नेपाल विद्यार्थी सङ्घ हो ।
यस्तो गौरव पुर्ण ईतिहास बोकेको विद्यार्थी संस्था अहिले भने गुटबन्दीका कारण आफ्नो अस्तित्व नै गुमाईरहेको देखा परिरहेको छ । हाल २०८० मा आइराखदा नेपाल विद्यार्थी सङ्घको अवस्था गुटबन्दीका कारण अस्त-व्यस्त भएको देखा परेका छ ।
एउटा भनाइ “कुवाको भ्यागुतो समुन्द्रमा कहिल्यै पौडिन सक्दैन, उसलाई त्यो हिलो कुवा नै संसार ठानी पौडी रहेको हुन्छ” मैले भन्न खोजेको गुटबन्दीमा रमाउने नेतृत्व समग्र नेतृत्वको नेता बन्न सक्दैन किनकि उनीसँग नेतृत्व गर्न सक्ने क्षमता नै हुँदैन उसले आफ्नो गुट मात्रै सर्वश्रेष्ठ ठान्छ र देख्छन् पनि ! उनले आफू मात्रै सकिने काम गर्दैन बरु त्यहीँ सङ्गठन पनि समाप्त गरेर छाडिदिन्छ ।
हाल नेपाल विद्यार्थी सङ्घमा सङ्गठनको हित र समग्र राजनिती बुझ्न खोज्ने समूह र गुट भन्दा पनि सङ्गठनलाई ताहासनहास गराउने गिरोहहरूको समूहले भरिएको संजल जस्तो देखिन्छ । अब नेपाल विद्यार्थी सङ्घको विधि पद्धति र मुल्य मान्यता रहेर अबधिभित्र विभिन्न तहको अधिवेशन, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन, शैक्षिक, अर्थिक, राजनितीक दृष्टिकोणसहितको स्पष्ट खाका लिएर लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन नेतृत्व तह साथै नेपाल विद्यार्थी सङ्घमा सङ्गठनमा लागिरहेको विध्यार्थी युवा र अहयोगी अग्रजहरु हुनै गुट नमानी नैतिक रूपमा जिम्मेवार भइ बिगतको कमिकमजोरी र गलत गन्तव्यलाई सच्याउन समय रहेकोले संस्थागत विकास गराउन सकिएमा वर्तमान नेतृत्वको औचित्यपूर्ण रहने छ ।