महोत्तरी : बिभिन्न भवितव्य घटनामा खुुट्टा गुमाएका व्यक्तिले कृतिम खुुट्टाको सहारामा हिडडूल गर्न पाउने भएका छन् । यस्ता व्यक्तिका लागि रोटरी क्लव अफ बर्दिबासले यो अवसर दिएको हो । बर्दिबास-१ स्थित बर्दिबास सेवा समितिको भवनमा कृतिम खुुट्टा जडान कार्य आज शनिबार सुरु भएको आयोजक संस्था रोटर िक्लव अफ बर्दिबासका अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिनुुभयो ।
“हामीले कार्यक्रमबारे तालिका बनाउँदा १० दिन कृतिम खुुट्टा जडान अभियान सञ्चालन गर्ने ुसोचेका थियौं” आयोजक संस्थाका अध्यक्ष गौतमले भन्नुुभयो, “तर अहिलेसम्म नै ९० भन्दा बढीले नाम दर्ता गराई सक्नुु भएको छ, त्यसैले केही दिन अभियान लम्बिने भयो ।” रोटरी क्लव अफ बर्दिबासले अभियानका क्रममा सम्पर्कमा आउने सबै बिरामीलाई सेवा दिने जनाएको छ ।
रोटरी क्लव अफ जयपुर (भारत) का दक्ष प्राविधिकले बनाएका कृतिम खुुट्टा यस अभियानमा सेवाग्राहीलाई जडान गरिनेछन् । अभियानमा रोटरी क्लव अफ वीरगञ्जको साथ पाइएको अध्यक्ष गौतमको भनाइ छ ।
अभियानमा जडान कार्यका लागि चार जना बाँग्लादेशी र दुुई नेपालीसहित छ जना पविधिक छन् । एक जनाको जडान कार्यमा दुुई जना प्राविधिक लाग्ने र समय कम्तीमा छ घण्टा लाग्ने हुँदा एक दिनमा तीनदेखि पाँच जनासम्मको जडान गर्न सकिने बाँग्लादेशी प्राविधिक टोलीका प्रमुख नजमूल हशनले बताउनुुभयो ।
शिविरमा सेवा लिन नेपालका मधेश प्रदेशका जिल्लामात्र नभई पूर्वका सोलुुखुुम्बुु, पाँचथर, काठमाण्डौं र पश्चिममा दाङ्सम्मका र भारतीय बिरामी पनि आएका छन् । शिबिरमा कृतिम हात पनि जडान गरिने छ । यद्यपि कृतिम हातभने सिमितमात्र रहेको गौतमले बताउनुुभयो ।
“हात चाँहि हामी १२ जनालाई मात्र दिनसक्ने भयौं, तर खुुट्टाचाँहि आएजति सबैलाई दिन्छौ” अध्यक्ष गौतमले भन्नुुभयो । अहिले खुुट्टाका लागि ९० जनाको नाउँ दर्ता रहेको र यसका लागि भदौ २५ सम्म सम्पर्कमा आउनेलाई सेवा दिने गौतमले स्पष्ट पार्नुभयो ।