काठमाडौं, कात्तिक २२ : पाटन अस्पतालमा आज पनि आकस्मिक बाहेकका सेवा बन्द भएको छ । 

हिजोदेखि अस्पतालको आकस्मिक सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामी मर्कामा परेका छन् । ओपिडीलगायत सेवाका लागि गएका बिरामीहरु त्यसै फर्किरहेका छन् ।

यसैबीच, जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, डाक्टर र सरोकारवालाहरूलाई स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गरेको छ ।

परिसरका प्रवक्ता एवम् एसपी नवराज कार्कीले विज्ञप्ति निकालेर स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गरेका हुन् ।अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरी आन्दोलन थालेपछि प्रहरीले सेवा सञ्चालनको अनुरोध गरेको हो । गएको शनिवार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा रहेका कृष्णबहादुर नगरकोटी र जनमाया राईको ज्यान गएको घटनालाई लिएर उनीहरुका आफन्तले डाक्टरलाई दुर्व्यवहार गरेको भन्दै डाक्टर एवम् स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् । 

प्रहरीले घटना बारेमा अनुसन्धान भइरहेकोले सेवा नरोक्न भनेको छ ।

२०८० कार्तिक २२, बुधबार ०८:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय