
धनुषा : सन्त रामपालजी महाराजको सतसंग प्रवचन कार्यक्रम तथा आध्यात्मिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
धनुषाको मिथिला न.पा. – २ मा स्थित सतलोक आश्रम धनुषामा सन्त रामपालजी महाराजको सतसंग प्रवचन तथा आध्यात्मिक प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा मधेस प्रदेश प्रमुख (राज्यपाल) माननीय हरिशंकर मिश्र ज्यू, मधेस प्रदेश सभासद माननीय रामसरोज यादव ज्यू तथा सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक (डि.आई.जी.) दिपेन्द्र शाह ज्युको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित हुनुभएका उपरोक्त अतिथिहरुले आश्रमको सर्व व्यवस्था तथा अनुयायीहरुको आचरण, आदी अवलोकन गरिसकेपछि एकदमै प्रभावित हुनुभयो। सरकारले गर्नुपर्ने कार्यहरू जस्तै समाजबाट नशालु पदार्थ सेवन, दाईजो प्रथा, घरेलू हिंसा, भेदभाव, छुवाछुत, भ्रष्टाचार, अन्धविशवास, आदी सबै सामाजिक विकृति तथा समस्याहरुको अन्त्य गर्ने समाज सुधारको महत्वपूर्ण कार्यलाई आफ्नो मुख्य उद्देश्यको रुपमा राखेर सन्त रामपालजी महाराजले सतलोक आश्रमको माध्यमले पुरा गरिरहनुभएको कार्य सराहनीय रहेको उहाँहरुले बताउनुभयो साथै अहिले सम्म पनि उनको आश्रमबाट अनभिज्ञ सर्व साधारणलाई एक पटक अवश्य आश्रमको अवलोकन गर्नका लागि आग्रह गर्नुभयो।
मानव जीवनको उद्देश्य र शास्त्र अनुकुल साधनाको बारेमा प्रवचन तथा प्रदर्शनीको माध्यमले बताइयो। दुर्व्यसनमुक्त स्वच्छ, सभ्य समाज बनाई सुखी समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना गर्ने गरिएको र अहिले सम्म लाखौं मानिसहरू यस संस्थामा लागेर सबै विकृति त्यागी स्वच्छ जीवनयापन गरिरहेको आयोजकले जनाएका छन्।