नेपालवाणी / जनकपुुधाम

भ्रष्टाचारको विरोध गर्दै आएकी गौशाला नगरपालिकाकी उप–मेयर रेणु महतो चढ्ने गाडीमा आगजनी गरिएको छ । महोत्तरी स्थित गौशाला नगरपालिकाकी उप–मेयर महतोले चढ्ने गाडी घरमै लगाई राखेको अवस्थामा आगजनी गरिएको हो ।

आईतवार रात्रिकालिन समय ३ बजेमा आगजनी गरेको बेला आगो बलिरहेको समयमा स्थानीय राजकिशोर महतोले देखेपछि जानकारी गराएका थिए । गएराति रामनगर स्थित घरको परिसरमा राखिएको प्र २–००२ – ०००१ झ ०००५ नम्बरको गाडीमा अज्ञात व्यक्तिले आगजनी गरेको हो ।

घरको अगाडी राखिएको गाडीमा भएको आगलगीबाट टायर लगायतका केही भागमा क्षति आंशिक पुगेको हो । गाडीमा लागेको आगो देखेर तत्कालै निभाएकोले थप क्षति हुनबाट जोगिएको स्थानिय पत्रकार धनबीर महतोले जानकारी दिए ।

यता उपमेयर महतोले पालिकामा भ्रष्टाचारको विरोध गरेको कतिपय जनप्रतिनिधिलाई नै मन नपरेर मन भडाँस निकाल्न चढ्ने गाडीमा आगो लगाएर धम्क्याउने प्रतिक्रिया जनाईन् । उनले भनिन, ‘भ्रष्टाचार गर्ने र गराउनेको विरुद्धमा हुने हरेक आन्दोलनमा सक्रिय हुन्छु । यो निच काम कसैले गरेको मलाई धम्क्याउन खोजेको भान भैसकेको छ । तर यस्तो हर्कतले भ्रष्टाचार गर्नेहरुको मनोेबल बढ्न दिदिन । थप सशक्त भएर लाग्छु ।’

गाडीको घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । ‘गाडीमा कसले र किन आगो लगाइएको भन्ने विषयमा केही खुलेको छैन । पेट्रोल छर्किएर आगो लगाइएको छ । घटनास्थलबाट एउटा बोतल समेत बरामद भएको छ,’ प्रहरी निरीक्षक मनोज यादवले भने, ‘अगाडी र पछाडीको टायरसहित आंशिक भागमा क्षति भएको छ ।’ घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जनाए ।

२०८० पुष ८, आईतवार ०८:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय