ममता अर्याल,

बर्दिबास । लागुपदार्थको बढ्दो दुव्र्यसन र कारोबारविरुद्ध बर्दिबासमा आज शुक्रबार सचेतना र्‍याली सम्पन्न भएको छ । बर्दिबास-१ वडा कार्यालयको संयोजन र समन्वयमा लागुपदार्थ दुव्र्यसन र कारोबारविरुद्ध जनसचेतना र्‍याली बर्दिबासचोकमा सम्पन्न भएको हो ।

बर्दिबास-१ को सिन्धुलीचोकबाट लागुपदार्थ दुव्र्यसनविरुद्धका नारा लेखिएका ब्यानरसहित आयोजित र्‍यालीमा वडाअध्यक्ष भोला खड्का, वडासचिब जीवनाथ पोखरेलसहित बिभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा सामाजिक सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो । बर्दिबासको सिन्धुलीचोकबाट भोलावसन्तचोकहुँदै नगरपालिका कार्यालय भएर सिन्धुली रोडमा पुगी र्‍याली कोणसभामा परिणत भयो ।

कोणसभामा वडाअध्यक्ष भोला खड्कासहितका वक्ताले बर्दिबास नगरक्षेत्रमा दुव्र्यसनी बढी रहेका सूचनाले भयावह अवस्था निम्तिने सङ्केत देखिएको बताउनुभयो । यो अवस्था नियन्त्रण गर्न घरघर व्यक्तिव्यक्ति लागुपदार्थ दुव्र्यसनविरुद्धको अभियानमा सरिक हुन पर्ने उहाँको भनाइ छ ।

महोत्तरी जिल्ला लागुपदार्थ दुव्र्यसन र ओसारपसारको केन्द्र बनेको समाचार आइरहेका छन् । त्यसमा पनि मुख्य रुपले बर्दिबास नगरक्षेत्र दुव्र्यसनीको अखाडा बन्दै गएको तर्फ सबै सचेत हुन आवश्यक रहेको आयोजकले अपिल गरेका छन् ।

२०८० पुष १३, शुक्रबार १८:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय