
बर्दिबास : मधेश प्रदेश सरकारमा पहिलाेपटक सामेल हुनुभएका तीनजना मन्त्रीलाई हाेटल तथा पर्यटन व्यवसायी सङ्घ महाेत्तरीले सम्मान गरेकाे छ । प्रदेश सरकारमा भर्खर (एक साता पहिले) सामेल हुनुभएका उद्याेग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई, श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली र गृह, कानुन तथा सञ्चार राज्यमन्त्री शारदा थापालाई सङ्घले आज बर्दीबासमा सम्मान गरेकाे हाे ।
समाराेहमा मन्त्री तथा राज्यमन्त्रीलाई दाेसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएकाे छ । सम्मान समाराेहमा हाेटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेशका अध्यक्ष हिरा गाैतमले मन्त्रीहरुलाई कदरपत्र प्रदान गर्नुभयाे । समाराेहमा उद्याेग, वाणिज्य तथा पर्यटन मन्त्री भट्टराईले बर्दिबास नगरक्षेत्रमा पर्यटन विकासका लागि याेजनाबद्ध काम थालिने प्रतिबद्धता जनाउनुभयाे । समाराेहमा बर्दिबासका हाेटल तथा पर्यटन व्यवसायीले यहाँका धार्मिकस्थल टुटेश्वर, माइस्थान, राइमण्डल र पर्यटकीयस्थल गिद्ध बासस्थान, माेडल एग्राे भिलेज (नमुना कृषि गाउँ) र चुरे पाहाडि शृङ्खलाका उचा डाँडाहरुलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न ध्यनाकर्षण गराउनुभयाे ।
सङ्घका जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्कीकाे अध्यक्षतामा सम्पन्न समाराेहमा बर्दिबास उद्याेग वाणिज्य सङ्घका अध्यक्ष तथा हाेटल विनायकका सञ्चालक विष्णु खड्काले पर्यटन प्रवर्द्धनका विषयलाई मुलुककाे समृद्धि अभियानसँग जाेड्न तीनै तहका सरकारबीच कुशल समन्वयकाे आवश्यकतामा जाेड दिनुभयाे ।-

२०८१ बैशाख १५, शनिबार १८:०७मा प्रकाशित