चार वर्षीया बालिकामा मोतीबिन्दू

बर्दिबास (महोत्तरी) :  महोत्तरीको ‘कर्णाली’ भनिने चुरे काछका बस्तीमा आज बिहीबार स्वास्थ्य जाँच शिबिर सम्पन्न भएको छ ।

यातायात, स्वास्थ्य सेवा र अन्य अत्यन्त जरुरी सेवाबाट कोशौं टाढा रहेका जिल्लाको बर्दिबास-१० र ११ का झ्याउरे, भाङ्रे, सातदिने, भालुजोरा, गर्तीदोभान, माझखोला, तीनतले, पिपलेखर्क र पूर्वीखोलासहितका बस्तीलाई लक्षित गरी आज नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले बर्दिबास नगरपालिका र बर्दिवास जनसेवा अस्पतालको सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको हो ।

शिबिरमा एक चार वर्षीया बालिकामा मोतीबिन्दू फेला परेको छ । बर्दिबास-११ भाङ्रेको ब्लोनडाँडाकी चार वर्षीया बालिका पर्मिला थिङ्मा मोतीबिन्दू पाइएको नेत्र विशेषज्ञ डा. दिना ठाकुरले जानकारी दिनुभयो । आँखा, दाँत र महिला प्रजनन स्वास्थ्य जाँच गरिएको शिबिरमा ६५० जना जाँच र उपचार सेवाबाट लाभान्वित भएका छन् ।

आँखा जाँच गरिएका २७० मध्ये चार वर्षीया बालिकासहित नौ जनामा मोतीबिन्दू पाइएको छ । यसैगरी ४१ जनालाई चश्मा उपचार र अन्यलाई औषधी दिइएको डा. ठाकुरले जानकारी दिनुभयो ।

यस्तै दन्त (दाँत) जाँच २६५ जनाले गराएका छन् । जसमध्ये पाँच जनाको बिगैका रोगग्रस्त बँगारा निकालिएको , ५५ जनालाई औषधी दिइएको र १५५ जनालाई बर्दिबास अस्पतालको सेवा लिन परामर्शसहित रेफर गरिएको दाँत जाँच शिबिरका प्रमुख दाँत, गिजा विज्ञ वरिष्ठ स्वास्थ्यकर्मी (बिडिएस) रुपा कणर्ले बताउनुभयो ।

यसैगरी महिला प्रजनन स्वास्थ्य जाँचतर्फ पाठेघरको परीक्षण गरिदा तीन जनाको शल्यकृया गरिन पर्ने पाइएको छ । यस्तै छ जनाको ‘पेप स्मेल टेस्ट’ गरिएको र अन्यलाई पाठेघर जाँच गरी औषधी दिएर परामर्शमा रहीरहन सल्लाह दिइएको स्त्री रोग विशेषज्ञ डा. अजिज अहमदले जानकारी दिनुभयो ।

बर्दिबासचोकबाट करिब ३० किलोमीटर दुरीमा आपूmहरु निसहाय भएर बाँच्नु परेका बेला घरआँगनमै पाइएको स्वास्थ्य जाँच सेवाले अब सरकारको आँखा पर्छभन्ने लागेको काछबासी बताउँछन् । “खै बाउ, बाजे यसै ठाउँमा बसेछन् , यसो जिविका चलाउन खोरिया खोस्रने ठाउँ यही छ , अब हामी कहाँ जाउँ ?” झ्याउरेको स्कूलडाँडास्थित लक्ष्मीबास माध्यमिक विद्यालय परिसरमा स्वास्थ्य जाँच गराउन पुग्नुभएका पूर्वीखोलाका ७५ वर्षीय पूणर्बहादुर बम्जनले भन्नुभयो, “यसैगरी समयसमयमा आइदिए त सरकार आयो भन्ने आडभरोस भइहाल्थ्यो नि !”

यसैगरी लामो समयदेखि पिसाव पोल्ने र गानोगोला दुख्ने व्यथाबाट आजित भएकी झ्याउरे स्कूलडाँडाकी ७० वर्षीया डोल्मामाया मोक्तानले पनि शिबिर आयो रे भन्ने सुन्दै अब अकालमै मरीदैन कि भन्ने आश जागेको बताउनुभयो ।

शिबिरमा लक्ष्मीबास माविका सबै छात्रछात्राको आँखा र दाँत एबं गिजाको जाँच गरी औषधी, चश्मा दिइएको शिबिर आयोजक रेडक्रस बर्दिबास शाखाका सभापति रेवन्त कार्की “सुदीप’ ले जानकारी दिनुभयो । शिबिरमा स्वास्थ्य जाँच र उपचार सेवा लिनेमा ४०० भन्दा बढी महिला रहेका रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ ।

सामान्यतया बुझिदा सुगम जिल्ला भनिने महोत्तरीका यी बस्ती बर्खा सुरु हुनपूर्व पुग्न सकिए पनि बर्खा लागेपछि सबै सम्पर्कबाट विच्छेद हुन्छन् । सिन्धुलीको मरिन जोडिने चुरे काछका यी बस्तीमा राज्यको पहुँच विस्तार गरिदै लगिन स्वास्थ्य जाँच शिबिर एउटा उपस्थिति भएको बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतोको भनाइ छ ।

जिल्लाको कणर्ाली भनिने चुरेकाछका बासिन्दामा राज्यका सेवाको पहुँच बढाउन नगर नेतृत्व योजनाबद्ध ढङ्गले लागेको बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्री बताउनुहुन्छ ।

“हामीले रोटरी क्लव अफ बर्दिबाससँग मिलेर गतवर्ष नै यी बस्तीका लागि खानेपानीको स्थायी प्रबन्ध गरेका छौंं, अहिले काछबासी शुद्ध खानेपानी खान पाउने भएका छन्” नगरप्रमुख क्षत्री भन्नुहुन्छ, “काछबस्तीभित्रै अब माध्यमिक शिक्षाको प्रबन्ध भएको छ , स्वास्थ्य सेवाको पहुँच बढाइँदैछ , अब काछबासीले सरकार घरघर पुगेको अनुभूति लिनेगरी कामलाई अघि बढाइने छ ।”

चुरेकाछका बर्दिबास-१०, ११ का १० को हाराहारीका टोलबस्तीमा ९५ प्रतिशत तामाङ् जातिको बसोबास छ । अन्यमा केही कामी, दमाई र सार्कीसहितका दलित छन् । काछबस्तीमा करिब ३०० घरको बसोबास रहेको बर्दिबास-१० का वडाअध्यक्ष प्रमोदकुमार मोक्तान बताउनुहुन्छ । यी बस्ती असारदेखि असोजसम्म खोलामा लगातार आइरहने बाढीका कारण वाह्य सम्पर्कबाट विच्छेद रहन्छन् । यो अवस्था अन्त्यका लागि खोलैखोला हिड्न पर्ने अहिलेको समस्या वैकल्पिक बाटो निर्माणबाट मात्र हुनसक्ने हुँदा स्थानीय, प्रदेश र केन्द्र सरकारले यसलाई प्राथमिकता दिनपर्ने बर्दिबास-११ क वडाअध्यक्ष पूणर् बलको भनाइ छ ।

२०८१ बैशाख २७, बिहीबार १७:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय