नेपालवाणी नेटवर्क
महोत्तरी (गौशाला) जेष्ठ ।

महोत्तरीको गौशाला २ निगौलमा एक समुहले एक दलित परिवारमाथि ज्यान मार्ने प्रयास गरेको छ । गत चैत्र १० गते राति १० बजे महोत्तरीको गौशाला नगरपालिका २ निगौलमा एक समुहले दलित परिवारको घरमा पसेर कुटपिट गरी तीन जनाको टाउँको फुटाईदिएको घटना बाहिर आएको हो ।

राजनीतिक संरक्षणमा दलित परिवारमाथि कुटपिट मात्र गरेनन् मरणासन्न हुने गरी घण्टौं लाठीले पिटेर टाउँको समेत फुटाईदिएको घटना बाहिर आएको छ । कुटपिटबाट रामप्रबोध पासमान उनका दुई छोरा जितेन्द्र पासमान र सत्येन्द्र पासमानलाई बाँसको भाटा, लाठीले कुटपिट गरी तीनै जनाको टाउँको फुटाईदिएको ईलाका प्रहरी कार्यालयका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

कुटपिटबाट घाईते पासमानको राति १० बजे प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको लागिए पनि त्यहाँ उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल पठाईएको थियो । उनीहरु जसोतसो मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पताल जनकपुरमा आएर उपचार गराए ।

उपचार गराएर घर फर्किदा र ईलाका प्रहरी कार्यालय, गौशालामा जाहेरी लिएर गएपनि तत्कालिन प्रहरी निरिक्षक मनोज यादवले जाहेरी लिन मानेनन् । ईलाका प्रहरी कार्यालयले जाहेरी नलिएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरी समेत जाहेरी दर्ता गराउन गएका उनीहरुलाई घटना बुझेर अनुसन्धान पश्चात मात्र जाहेरी दर्ता गर्ने भन्दै तत्कालिन प्रहरी प्रमुख श्याम कुमार राईले टारेका थिए ।

राजनीतिक संरक्षणमा जाहेरी दर्ता नगर्नु र कुटपिट योजनामा संलग्न रहको म्ुख्य नाईके मध्ये संघीय सांसद तथा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोईरीको भान्जा सुरेन्द्र महतो र वडाध्यक्ष श्याम मण्डलको योजनामा ज्यान मार्ने प्रयास भएको पिडित रामप्रबोध पासमानले आरोप लगाए । उनले भने, ‘पहिल्यै देखि नै वडाध्यक्ष शिव मण्डल र सुरेन्द्र महतोले खेत आफ्नो नाममा गराउन विभिन्न प्रपञ्च रचे । कहिले परिवारलाई नै प्रहरीमा थुनाउने त कहिले ज्यान मारिदिने धम्की दिन्थे । कयौं पटक त कुटपिट पनि गरे तर म कमजोर केही नजान्ने भएर केही गर्न सकिन ।’

कुटपिटमा प्रत्यक्ष संलग्न सोही स्थानका देवनारायण महतो, रामकिशोर महतो, मनिष कुमार महतो, रामबाबु महतो र बीरेन्द्र महतो सहित १० जनाको नाममा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयमा महिनौं सम्म धाईरहेपनि मुद्दा दर्ता भए । प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दाको प्रमाण नपुग्ने भन्दै कुटपिट मुद्दा लेखाएर ल्याउन भने तर पनि प्रहरी जाहेरी लिन मानेनन् । राजनीतिको बलियो संरक्षण पाएका दोषि मध्ये मुख्य सुरेन्द्र महतो गौशाला नगरपालिकाका मेयर दिपेन्द्र महतोको भाई समेत हुन् ।

घटना भित्रि कारण
रामप्रबोध पासमानको जेठो छोरा रविन्द्र पासमान काठमाण्डौंको एक मेनपावरबाट फ्रि भिसा, फ्रि टिकटमा करिब एक वर्ष अघि मलेशिया काम गर्न गए । संयोगले पासमान काम गर्न गएकै कम्पनीमा उनकै गाउँका रामकिशोर महतोले पनि पहिल्यै देखि काम गर्दै आएका थिए । सोही क्रममा भिसाको समयसिमा समाप्त भएर रामकिशोर स्वदेश फर्किए । स्वदेश फर्किएको केही समयमै रामकिशोरले वडाध्यक्ष मण्डल सहित सुरेन्द्र महतोलाई लिएर विदेश पठाए वापत १ लाख रुपैयाँ माग गर्न थाले ।

पटक–पटक विदेश पठाएको पैसा फिर्ता तिर्न भन्दै रकम नदिए ज्यान मारिदिने धम्की दिदै आएको पिडित परिवार जितेन्द्र पासमानले नेपालवाणी नेटवर्कसंग बताए । उनले भने, ‘वडाध्यक्ष कहाँ कुनै काम लिएर जाँदा गरिदिदैन, छोरालाई भिसा मैले पठाईदिएको र सो वापत हुने १ लाख रुपैयाँ नदिएसम्म कुनै पनि काम नगरिदिने धम्की दिदै आएका थिए ।

पिडितलाई न्यायको साटो पिडा

राजनीति संरक्षणको कारण कुटिएका दलित परिवारलाई प्रहरी प्रशासनबाट न्यायको साटो थप पिडा दिईएको छ । गत चैत्र १० गते मरणासन्न हुनेगरी भाटाको कुटाईबाट सख्त घाईते भएका परिवारलाई न्यायको साटो प्रहरी प्रशासनबाट थप पिडा दिईएको छ । रामप्रबोध पासमानको घरमै गएर कुटपिट गरेका व्यक्तिहरुलाई पक्राउ गरेर छानविन गरी अनुसन्धान गर्नुपर्नेमा पिडित परिवारलाई मुद्दा मिलापत्र गर्न दवाव प्रहरीबाट दिएको आफन्त शैलेन्द्र पासमान बताउँछन् ।

ईलाका प्रहरी कार्यालयका तत्कालिन प्रहरी निरिक्षक मनोज यादवले कुटपिटमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्नेमा उल्टै पिडित जितेन्द्र पासमानलाई अभद्र व्यवहारको मुद्दा दर्ता गरेर थुनामा राखेको पाईएको छ । ईलाका प्रहरी कार्यालयबाट पिडित परिवारलाई कुटपिट मुद्दामा मिलापत्र गर्न चौतर्फि दबाब दिदै मिलापत्र गर्न नमानेपछि पिडित परिवारको जितेन्द्र पासमानलाई चैत्र १४ गते अभद्र व्यवहारको मुद्दा दर्ता गरेर ७ दिन हिरासतमा राखेको पिडित परिवारको भनाई छ ।

यता पिडित पासमानले नेपालावाणीसंग कुरा गर्दै भने, ‘तत्कालिन ईन्सपेक्टर मनोज यादव सा’पलाई यो–यो मान्छेले कुटेको उजूरी लिएर जाँदा उनै प्रहरी कहाँ चिया खाएर बसेको देखे । पक्राउ गरेर कारवाही गर्न भन्दा चुपचाप बस । कानून मलाई थाहा छकी तलाई भन्दै हप्काएको छ।’

उनीहरुलै आफु सहित परिवारमाथि कुटपिट गरेको भन्दा पनि ईन्सपेक्टर सापले मिलापत्र गर्नुस् भनेर पटक पटक धम्क्याएको पासमानको भनाई छ । नमानेपछि जिल्ला प्रहरीमा उजूरी गरेपछि आफुमाथि १४ गते मुद्दा चलाएर ७ दिन अभद्र व्यवहार थ्ुनेर न्यायको साटो पिडा दिएको बताए । यता संघातिक हमला गर्ने माथि कुनै पनि कारवाही नभएकोमा परिवारजनले दुःखेसो पोखेका छन् ।

२०८१ जेष्ठ ५, शनिबार १५:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय