जनकपुरधाम ९ जेठ।प्रकाउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद लिनका लागि प्रहरीले       धनुषा अदालतमा बुधबार पेश गरेको छ ।

दोहोरो नागरिकताको आरोपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष  सिरोहियालाई प्रकाउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

मंगलबार काठमाडौंबाट पक्राउ गरी सुरोहियालाई धनुषा पुर्याइएको थियो ।

नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ किटानी जाहेरी दिएका थिए । जाहेरीको आधारमा जिल्ला अदालतले उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो ।जाहेरी दिने सर्लाहीका महतो राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश सदस्य छ ।

सिरोहिया पक्राउको विरोधमा बुधबार जनकपुरमा प्रदर्शनसमेत भएको छ । जनकपुर नागरिक समाजको ब्यानरमा भेला भएकाहरुले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश सिरोहियालाई रिहा गर’ नारा लगाएका थिए ।

२०८१ जेष्ठ ९, बुधबार १२:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय