बर्दिबास, २१ असोज ।

नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष हेमकुमारी बराल (सुनिता) सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएको छ । पूर्वपश्चिम राजमार्गको रातु पुल पारी लालगढमा आज सोमबार साँझ आफैंले हाँकेको मधेश प्रदेश ०२-००६ प २६७६ नम्बरको स्कुटी अनियन्त्रित भइ ढल्दा उहाँ गम्भीर घाइते हुनुभएको हो । घटनाको जिल्ला ट्रफिक प्रहरी कार्यालय महोत्तरी बर्दिबासले पुष्टि गरेको छ ।

घटनालगत्तै सडकमा ढल्नुभएकी उहाँलाई सडक यात्रुले उद्धार गरी बर्दिबास-१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्‍याएका हुन् । बरालको दाहिने हातको कुमको जोर्नीको हाड भाचिएको अस्पतालका चिकित्सकले बताएका छन् । यो गम्भीर प्रकृतिको चोट भएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

बराललाई अस्पतालले थप उपचारका लागि काठमाण्डौस्थित राष्ट्रिय ट्रमा सेन्टर लान रेफर गरेको छ । दुर्घटना हुँदा बरालसँगै स्कुटीमा पछाडि बसेका उहाँका १० वर्षीय छोरा सूर्यांश भण्डारी भने सकुशल छन् ।

२०८१ आश्विन २१, सोमबार २२:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय