गोविन्द महतो / जनकपुरधाम

‘अइबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ भन्ने नाराका साथ मधेशका युवा–युवतीहरुले रैथाने वस्त्रको प्रदर्शन गरेका छन् । छठ पर्वमा विशेष रुपमा सांस्कृतिक बस्त्र लगाएर सहभागी हुन उनीहरुले सबैमा अपिल गर्दै छठ घाटमा आफ्नो पारम्परिर वस्त्र लगाएर जान र सभ्यता संस्कृतिलाई जोगाउन अपिल गरेका हुन् । ‘अइबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ भन्ने नारा सार्वजनिक गरि जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिर परिसरमा सांस्कृति वस्त्र प्रदर्शन गरेका हुन् ।

मधेशका कुनैपनि मधेशी काठमाण्डौं जादा वा सिंहदरबार छिर्दा धोती, कुर्ता गम्छा वा पाईजामा कुर्ताको मुरेठ्ठा बाँधेर पस्दा ‘धोती’ भनेर होच्याइछ । यसले गर्दा मधेशमा धोेती, कुर्ता वा पाईजामाको मौलिक पोशाक हिनताबोध गर्नेहरुलाई मनोवल उच्च पार्न राख्न सांस्कृतिक रुपमा आफ्नो मौलिक पहिचान र पहिरनको प्रदर्शन गरेको अभियानका संयोजक मोहन महतो कोईरीले बताए ।

उनले भने, ‘पहडिया मुलका त्यो पनि काठमाण्डौंका केही खस मानसिकता भएका व्यक्तिहरुबाट धोती, कुर्ता वा धोती पाईजामा लगाउने प्रति घृणा जगाउने प्रयास भयो । अपहेलित गरियो । अपहेलना गर्न लगाईयो जसले गर्दा सर्ट, पेन्ट लगाउने युवा पुस्ता बढे । सांस्कृतिक तथा धार्मिक पोसाक धोती, कुर्ता र गम्छा लगाउनेमा हिन्ताबोध भईरहयो । यसलाई चिर्नका लागि पछिल्लो समय आफ्नो पहिरन प्रति गौरव गर्दै हामी युवाहरुले सांस्कृतिक, धार्मिक तथा परम्परागत पोशाक जोगाउन अभियान चलाइरहेका छौं ।’

पुरुषले लगाउने धोती, कुर्ता, गम्छा र महिलाले लगाउने सारी, चोलोको संरक्षण र सम्बद्र्धनका लागि अभियान सकारात्मक भएको अभियानमा सहभागि भएका मैथिलीका प्राध्यापक मनोज झा मुक्तिको भनाई छ । उनले भने, ‘पश्चिमा सभ्यताले हाम्रो सभ्यतालाई मास्दै छ, पश्चिमा सभ्यता हामीप्रति हावी हुँदैछ । त्यसैले आफ्नो सभ्यता र संस्कृतिलाई बचाउन भएपनि हामीले हाम्रो पहिचान जोगाउन आवश्यक छ ।’

मधेश र मिथिलाञ्चलको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचार–प्रसारको उद्देश्यले मधेश तथा कोशी प्रदेशका युवाहरुले धोती कुर्ता तथा साड़ी पहिरनमा सजिएर वस्त्र पहिचान गराउन जनकपुरधाममा प्रदर्शन गरे । पछिल्लो समय युवाहरुमा मिथिलाको मुख्य पोशाकको रुपमा रहेको धोती कुर्ताप्रति बढ्दै गईरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरुले जनकपुरधाममा पुरुषले धोर्ती कुर्ता तथा नामरीले साड़ी लगाएर निस्किएको हो ।

मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरुरले नै जोगाउनु पर्छ भन्ने उद्देश्यले आफूहरुले  यसलाई अभियानकै रुपमा आफूहरुले अगाडी बढाएको बताए ।

‘अइबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ अभियानको मुख्य नेतृत्वकर्ता मोहन महतो कोइरीले विगत ५ वर्षदेखि चलाउँदै आईरहेको तथा यो अभियान यस पटक प्रत्येक छठ घाटमा लग्ने हाम्रो तयारी रहेको बताए । उनले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोती कुर्ता लगाएरै छठको घाटमा पुग्न अपिल समेत गरे ।

युवतीहरुमा साड़ीप्रति आकर्षण रहेपनि साडी लगाउने तरिकामा आधुनिकताले छोइरहेकोप्रति जुलुशमा सहभागी विनिता महतोले दुःख व्यक्त गरिन् । उनले युवतीहरुलाई हाम्रा पुर्खाले जसरी लगाउँथे त्यसरी नै सुल्टो साड़ी लगाउन आग्रह समेत गरिन् । विनिताले सबैलाई सीधा पल्लामा साडी लगाउन आग्रह गरिन् ।

२०८१ कार्तिक ३, शनिबार १६:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय