जनकपुरधाम : धनुषामा स्कुल बसले किच्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिंगमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डल छन् ।

धनौजी गाउँपालिका २ मा रामजानकी बोर्डिंग स्कुल जाँदै गरेकी बालिकालाई बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिंग स्कुलको बसले किचेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले बताए ।

उनका अनुसार आज बिहान १० बजेतिर विद्यालय जाने बेला किचिएर गम्भीर घाइते भएकी आरोहीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको डिएसपी सिंहले बताए ।

आक्रोशित स्थानीयले विद्यार्थीलाई ओराले बसमा आगजनी गरेको छ । बस पूर्ण रुपमा जलेर क्षति पुगेको डिएसपी सिंहले बताए । चालक घटनापछि फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

२०८१ कार्तिक ६, मंगलवार १४:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय