काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक विद्यार्थी संघको नयाँ केन्द्रीय समिति गठन गरिएको छ । महन्थ ठाकुर नेतृत्वको लोसपाको विद्यार्थी संघले बुधवार बसेको बैठकले १९ सदस्यीय केन्द्रीय समिति गठन गरेको जनाएको छ ।
रोशनकुमार मिश्रको अध्यक्षतामा बसेको वैठकले उपाध्यक्षमा सुरेश मण्डल, त्रिदेव मिश्र , अजय कुमार जैशवाल, महासचिवमा समर साह (बजरंग), विपुल कुमार झा, सुमन कुमार यादव, सह महासचिवमा रविभुषन ठाकुर, दिनेश यादव, आन्नद मिश्र, सिदार्थ यादव, विशाल मिश्र, उमेश अग्रहरी, धिरज विष्ट , सचिवमा निशेष यादव, सर्वेश झा, जैनुदीन देवान, राम प्रसाद ढकाल, कोपाध्यक्षमा रेटिना यादव, केन्द्रीय सदस्यमा श्याम केशरी, अजय यादव, अमोद शिन्हा, अरविन्द भा, अन्जली कुमारी दास, अरमान अलि शेष रहेको छ ।