नेपालावाणी नेटवर्क
महोत्तरी, पुस ।

ध्वनि प्रदूषणका कारण स्थानीय जनताले स्वास्थ्य, मानसिक शान्ति, शिक्षक तथा विद्यार्थीलाई पठन पाठनम समस्या र दैनिक जीवनमा समस्याहरु भोगिरहेको एक कार्यक्रमका वक्ताहरुले सुनाएका छन् । महोत्तरीको पिपरा गाउँपालिका १ पिपरामा कार्यक्रममा उपस्थित आम नागरिकहरुले ध्वनि प्रदूषण विरुद्ध एकजुट हुन तथा ध्वनि प्रदूषणको समस्या समाधानको निमित्त हरेक नागरिक सचेत हुन आग्रह गरेको हो ।

पिपरा गाउँपालिका १ पिपराका वडाध्यक्ष राजेश कुमार दासको अध्यक्षतामा भएको “ध्वनि प्रदूषण (नियमन तथा नियन्त्रण) ऐन २०८०” को प्रचार–प्रसार गर्ने र ऐनको प्रभावकारी कार्यान्वयनबारे जानकारी गराउने उदेश्यका साथ आयोजित जनचेतनामूलक कार्यक्रममा ऐनको आवश्यकताका बारेमा आम नागरिकलाई जानकारी गराईएको छ ।

साथै जिल्ला प्रशासन कार्यालयले समेत यसलाई गम्भीर रुपमा लिएर सम्वन्धित निकायसँग समन्वय गरी गाउँपालिकामा ध्वनि प्रदूषण नियन्त्रणमा सबैको साझा सहयोगको आवश्यकता रहेको बताएको छ । साथै पिपरा गाउँपालिकले स्थानीयले भोगिरहेको समस्यालाई समाधान गर्न “ध्वनि प्रदूषण (नियमन तथा नियन्त्रण) ऐन २०८०“ निर्माण गरी राजपत्रमा प्रकाशन गरिसकेको छ, जसले ऐनको कार्यान्वयन र प्रचारप्रसारको आवश्यकता औंल्याएको छ ।


पिपरा गाउँपालिका १ मा आयोजित कार्यक्रममा स्थानीय बुद्धिजीवी, बासिन्दा, बाजा व्यवसायी, र स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रमले स्थानीय स्तरमा ऐनको प्रभावकारी कार्यान्वयनको सुरुवात गर्न, ध्वनि प्रदूषण नियन्त्रणका विधिहरु लागू गर्न, र जनतालाई कानूनी व्यवस्थाबारे सचेत बनाउन सहयोग पु¥याउने विश्वास लिएको छ ।

“ध्वनि प्रदूषण हटाऔं, शान्त समाज बनाऔं” अभियान अन्तर्गत जनचेतनामूलक ब्यानर सहित ब्यानरमा ध्वनि प्रदूषणका असरहरु र नियन्त्रणका उपायहरु उल्लेख गरेर समाजिक सचेतना जगाउन भुमिका निर्वाह गनर््ुपर्नेमा जोड दिए । व्यानरमा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव, अत्याधिक ध्वनि वातावरणीय प्रदूषणको कारणशिक्षा र कामको वातावरणलाई प्रभावित गर्ने जस्ता व्यानरहरु प्रदर्शन गरिएका थिए ।

यसैगरी शान्त क्षेत्रहरु (विद्यालय, अस्पताल, सरकारी कार्यालय) वरिपरि ध्वनि प्रदूषण नियन्त्रण गर्ने, सार्वजनिक स्थलहरुमा बाजा बजाउने कामलाई व्यवस्थित गर्ने, स्थानीय समुदायमा जनचेतना अभिवृद्धि गर्ने जस्ता व्यानरहरु आम नागरिकको जानकारीका लागि बनाईएको थियो । कार्यक्रममा वडाध्यक्षले पिपरा गाउँपालिकाको ध्वनि प्रदूषण नियमन ऐनले सार्वजनिक स्थलहरु (जस्तै स्कूल, हस्पिटल, र सरकारी कार्यालयहरु) को २०० मिटर वरिपरिका क्षेत्रमा बाजा बजाउन प्रतिबन्ध लगाएको जानकारी दिए ।

यसले सार्वजनिक शान्ति र स्वास्थ्य सुरक्षामा टेवा पु¥याउने अपेक्षा गरिएको वडाध्यक्ष दासको भनाई थियो । ऐनको प्रावधान अनुसार स्थानीय बासिन्दाले बाजा भाडामा लिन वा कुनै विशेष अवसरमा बाजा बजाउन आवश्यक परेको खण्डमा वडा कार्यालयबाट सिफारिस लिनुपर्नेछ ।

कार्यक्रममा अध्यक्ष दासले ऐनको उद्देश्य ध्वनि प्रदूषणलाई पूर्ण रुपमा बन्द गर्ने नभई नियन्त्रण र नियमन गर्ने रहेको स्पष्ट पारे। उनले भने, ‘यो ऐन स्थानीयबासीको शान्ति र स्वास्थ्य सुरक्षाका लागि हो । बाजा व्यवसायीलाई ऐनको पालना गर्ने सन्देश दिनुका साथै व्यवस्थापनलाई सुदृढ बनाउने कार्यमा यो पहल महत्वपूर्ण हुनेछ ।”

पिपरा गाउँपालिकाले ऐन कार्यान्वयनका लागि जनचेतनामूलक कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना छ । यसले गर्दा समुदायमा ध्वनि प्रदूषणको प्रभाव र नियन्त्रणका उपायबारे थप जागरूकता फैलिने अपेक्षा गरिएको छ ।

 

२०८१ पुष २४, बुधबार २१:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय