सरोज कुमार महतो
जनकपुरधाम, माघ ।
रगतका कुरा गर्न जरुरी छ । कसैको अप्रेसन, डेलभरी, दुर्घटना या अन्य विभिन्न अवस्थामा हामीलाई दैनिक जिवनमा रगतको आवश्यकता परिरन्छ र परिरहनेछ त्यसलाई कम गर्नका लागि रगतका कुरा गर्न जरुरी छ ।
कसैले रक्तदान गर्नका लागि १८ वर्ष पुरा गरेको ४५ किलो तौल पार गरेको हुनुपर्छ । शारीरिक रुपमा तन्दुरुस्त भएको व्यक्तिहरुले नियमित रुपमा हरेक ९० दिनको अन्तरमा रक्तदान गर्न सकिन्छ । रतmदान गर्नका लागि नजिकको रक्तसंचार केन्द्र वा रतmदान कार्यक्रमहरुमा सहभागी हुन जरुरी छ ।
अहिलेको अवस्थमा २ जनालाई रगत आवश्कक्ता पर्दा १ जनालाई मात्रै रतmसंचार केन्द्रले उपलब्ध गराउन सकेको छ । यस्तो अवस्थामा हामी सबैले नियमित रुपमा रक्तदान ग¥यो भने ती १ जनाका लागि कमी रहेको रगत सहजै उपलब्ध गराउन सकिन्छ । देशमा १२० को हराहारीमा रतmसंचार केन्द्र रहेको रहेको छ ।
जसमा प्रायः जसो व्यवस्थित रुपमा संचालन हुन सकेको छैन ।
निःशुल्क रुपमा गरिने रक्तदान, रक्तसंचार केन्द्रमा जाँदा शुल्क लिएर पाउने गरेको छ । जसको लागि स्थानीय सरकार, प्रदेश सरकार लगाय संघीय सरकारले निः शुल्क रुपमा रगत उपलब्ध गराउन सकिन्छ । जसको सुरुवात केहि स्थानीय सरकारले गरेको छ भने केहि प्रदेश सरकारले गर्दैछ ।
रगतको अभावलाई मध्य नजर गरि ब्लड फर नेपाल जस्ता संघसंस्था देशमा काम गर्दैछ । जसले कुनै बिरामीलाई रगत चाहिदा नजिकको रक्तसंचार केन्द्रमा रगत पाईन भने ब्लड फर नेपालले रगतदाता खोजि दिने काम गर्दछ । विभिन्न ठाउँमा रक्तदान कार्यक्रम गराउन समन्वय तथा सहकार्यको भुमिका खेलेको छ । त्यस्तै विभिन्न ठाउँमा रक्तदान सचेतना कार्यक्रम गराउनका विभिन्न ठाउँमा जनचेतनामुलक रगत सम्बन्धी जानकारी साझा गर्छ ।
वर्तमान समयमा देश मै सम्भवत पहिलो रगत सम्बन्धि भव्य कार्यक्रम हुदैछ । जहाँ देश भरीका युवाहरुलाई एक ठाउँमा लिएर आएर रगतका बारे लगायत नेतृत्व विकास, व्यक्तित्व विकासको कुरा गर्ने जम्र्को लिएर २ दिने कार्यक्रम गराउनका लागि आर्थिक सहयोग जुटाउदै काम गर्दै आएरहेको छ ।
देशमा हरेक १० जनामा १ जना बिरामीलाई रगतको आवश्यकता पर्दछ । त्यसलाई मध्यनजर गरि सबैले सधै रक्तदान गर्नपर्छ भने ब्लड फर नेपाल टिम काम गर्दै आएको छ ।
(सरोज कुमार महतो ब्लड फर नेपालका केन्द्रिय अध्यक्ष हन् ।)